निर्वाचित सांसद नवगठित सरकारको भुमिका

  • प्रकाशित मिति : बुध, पौष १३, २०७९
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौं १३ पुस । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट चुनिएका सांसदहरूले गएको बिहिबार शपथ लिएका छन् । देशभरी करिब १ करोड १० लाख मतदाताले भोट दिएर जिताएका सांसद र अब बन्ने नयाँ सरकारप्रति नेपाली जनाताको चासो बढेको छ । कानुन तथा नीति बनाउने थलो संघीय संसदमा सांसदहरूको मुख्य भूमिका कानुन बनाउनु नै हो । तर उनीहरू निर्वाचनको समयमा जनता समक्ष विकास गर्ने बाचासहित चुनिएका छन् । यसपालिको संसदमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीका साथै नयाँ दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पहिलो पटक संसदमा प्रवेश गरेका छन् । संघीय संसद जस्तो गरिमामय ठाउँमा विधायकहरुले गत चुनावमा आफूले बाँडेका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कातर्फ कानुन र नीति निर्माण गर्नुपर्नेछ । विशेषगरी सांसदहरु ले राष्ट्रको समग्र हितलाई हेरेर समयसापेक्ष आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ ।
 
मुलुकलाई आवश्यक कानुन तथा नीतिहरु तर्जुमा गर्ने, संसदले बनाएका कानुनहरुलाई कार्यपालिकाले प्रभावकारी रुपमा लागु गरेका छन् कि छैनन् भन्ने अनुगमन गर्ने, कानुन कार्यान्वयनका लागि कार्यपालिकालाई उत्तरदायी बनाउने, संवैधानिक निकाय लगायतका विभिन्न पदहरुमा प्रभावकारी संसदीय सुनुवाइ गर्ने, नागरिकका आवाजलाई बुलन्द पार्ने र बजेट निर्माण प्रक्रियामा सहभागी हुने आदि सांसदका प्रमुख जिम्मेवारी हुन् । अझ विशेषगरी संसद्को महत्वपूर्ण काम भनेको कानुन निर्माणका साथै सरकारले गरेका कामको निगरानी गर्नु हो तर सांसद्हरू भने कानुन निर्माणका काममा भन्दा निर्वाचनमा आफ्नो सिट सुरक्षित राख्नैका लागि भएपनि जनतामाझ गएर गरेको आफूले गरेका विकासको काम देखाउन बढी रुचाउने गरेका कारण अघिल्लो  संसद्को नियमित काम प्रायः प्रभावकारी देखिन्थो । जनप्रतिनिधिहरुको यस्तो प्रवृति बढ्दो छ । दोहोरिएका सांसदहरु अघिल्ला कार्यकालमा भएको यस्ता कुराहरुलाई सुधार गर्ने र नयाँ चुनिएका सांसदहरुले अघिल्ला सरकारका सांसदहरुको लेखाएका प्रवृतिलाई मूल्याङ्कन गरेर आफ्नो काममा लाग्न नितान्त आवश्यक छ । 
 
सांसदहरुले विशेष गरी सरकारको नीति तथा कार्यक्रम, बजेट तथा विधेयक माथि बोल्नु अघि विज्ञहरुसँग छलफल गर्दा फलदायी हुन्छ । संसदमा सार्वजनिक महत्वको प्रस्ताव, संकल्प प्रस्ताव, ध्यानाकर्षण प्रस्तावका साथै मन्त्रीलाई प्रश्नोत्तरको माध्यमबाट सवालजवाफ गरी सरकारलाई जनताप्रति उत्तरदायी बनाउँदै खबरदारी गर्न सकिन्छ । तर केही सांसदहरु महत्वपूर्ण दायित्वबाट विचलित भई संसदीय मूल्य मान्यता विपरित अवाञ्छित क्रियाकलाप र असंसदीय गतिविधिमा संलग्न भएर संसदको गरिमालाई चोट पु¥याएको पनि हामीले पाएका छौ । यस्तो कार्य जनताबाट निर्वाचित जनप्रतिनिधिहरु ले गर्नु नितान्त जनताप्रति धोका हो । 
 
जनताबाट निर्वाचित सांसद जो आफु भन्दा माथि उठेर जनताको पक्षमा काम गर्नुपर्दछ । योजनावद्ध रूपमा आफ्नो काम गर्न सकेमा मात्र देश र जनताकालागि जीवन्त र परिणामुखी बन्न सक्छन् । सांसद भनेको सरकार र जनतालाई जोड्ने सचेतक भएको कारण समसामयिक विषयको उठानका साथै जनताका जनजीविका र जनसवालका विषयमा सत्ता पक्ष र प्रतिपक्ष नबनी सरकारलाई खबरदारी गर्न सक्नुपर्दछ । जस्तो, किसानको लागि मल, शिक्षा र स्वास्थ्यमा जनताको पहुँच, प्राकृतिक प्रकोप, बाढी पहिरोको घटना र जनताको दैनिकीसँग जोडिएका विषयमा खरो रुपमा प्रस्तुत हुन सक्नुपर्दछ । 
 
सांसदले मुलककै हितका लागि काम गर्नुपर्ने भएपनि सांसदको मुख्य भूमिका आफ्नो पार्टीलाई मात्र खुसी बनाउनु र आफू स्वच्छाले हिँड्नुमा सीमित बन्न पुगेको परिपेक्षमा हाल नयाँ चुनिएका निर्वाचित जनप्रतिनिधिहरु ले जनभावनालाई बुझ्न सबैभन्दा धेरै छलफल र सुझावलाई संकलन गरी समीक्षा गर्न जनताका भावनालाई प्रतिनिधित्व र सम्बन्धित समितिहरु मा निर्धक्क प्रस्तुत गर्न सक्ने हुनुपर्दछ । आफ्नो क्षेत्र, भूगोल, जनसंख्याको बनोट, जनताका समस्या, विकासका सम्भावना, वर्तमान अवस्थाको तथ्य, आगामी सम्भावित योजना पेश गर्ने, जनताको माग र आवश्यकतालाई चरणवद्ध वर्गीकरण गरी वार्षिक र पाँच वर्षभित्र गर्न सक्ने कामको विवरण तयार पार्ने र दिगो विकासका लागि जग निर्माण गरी कार्य सम्पादन गर्नुपर्दछ ।
 
संघीय संसदजस्तो गरिमामय ठाउँमा आइपुगेका विधायकहरुले गएको चुनावमा आफूले बाँडेका सम्भव असम्भव आश्वासनहरु पूरा गर्ने व्यक्तिगत बाध्यता छ । तर, यही वैयक्तिक आधारमा नीति र कार्यक्रमहरु बनाउने वा आधुनिक नेपालका सांसदहरुले राष्ट्रको समग्र हितलाई हेरेर नयाँ मान्यता स्थापित गर्नेतर्फ आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने समय आएको छ । प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ अबे देशको समग्र विकास र समृद्धिको अभियानलाई जनताको साथ र सहयोगमा प्रभावकारी ढङ्गले अगाडि बढाउने अभियानको नेतृत्वकर्ता भएकाले आफ्नो काम, कर्तव्य र अधिकारका बारेमा स्पष्टरूपमा जानकार भएर गहन जिम्मेवारी आपूmमा छ भन्ने तथ्यलाई आत्मसात् गर्नु आजको आवश्यक हो । अर्कोतर्फ सम्पूर्ण निर्वाचित संसदहरु र नवगठित सरकारलेले विगतका बाटो भन्दा फरक सोचाई र ऊर्जा लिएर आफ्नो देश र जनताका लागि विकृति र विसंगतिलाई डटेर सामना गर्नुपर्ने आवश्यकता अहिले छ ।

प्रतिक्रिया