बिजुली बजार कम्पनी प्रालिको २५ औं बार्षिक साधारण सभा सम्पन्न

  • प्रकाशित मिति : आइत, पौष २४, २०७९
  • - विद्युत संसार संवाददाता
title

७ सदस्यीय संचालक समिती चयन

काठमाडौं २४ पुस । बिजुली बजार कम्पनी प्रा.लि.को २५ औं बार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ ।  
 
 पौष २२ गते शुक्रबार बिजुली बजार कम्पनी प्रा.लि.को आफ्नै कार्यलयमा भएको २५ औं बार्षिक साधारण सभाबाट अध्यक्षमा कुमार दास रन्जित लगायत ७ सदस्यीय संचालक समिती  सर्वसम्मत चयन गरेको छ । विद्युतीय व्यवसायी कुमार दास रन्जित अघिल्लो कार्यकाल पनि अध्यक्ष हुनुहुन्थो उहाँलाई संचालक समितिले दोस्रो कार्यकालका लागि सर्वसम्वत चयन गरेको हो ।
 
बिजुली बजार कम्पनी प्रा.लि.ले आफ्नो २५ औं बार्षिक साधारण सभाबाट अध्यक्ष सहित सरोज कुमार रेग्मी, पुरुषेत्तम अधिकारी, कविन्द्र रत्न कंसाकार, प्रमोद पूसाल श्रेष्ठ, राजेश कुमार साहुतेली र संजयनाथ जोशीलाई संचालक समितीमा सर्वसम्मत चयन गरेको छ । 
 
२०५४ सालमा स्थापना भएको बिजुली बजार कम्पनी प्रालिको ४९ जनाको शेयर सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया