भर्खरै

गोरखामा सञ्चालित अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय

  • प्रकाशित मिति : सोम, पौष २५, २०७९
  • - विद्युत संसार
title
गोरखा, २४ पुस । गोरखाभित्र सञ्चालनमा रहेका सबै अवैध क्रसर उद्योग तत्काल बन्द गर्ने निर्णय भएको छ । जिल्ला अनुमगन समितिको आज बसेको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका अवैध क्रसर उद्योग तथा बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले जानकारी दिनुभयो ।
 
“दर्ता भई सञ्चालन रहेर पनि नवीकरण नभएका, आयोजनाको नाममा अनुमति लिएर आयोजना सम्पन्न भएपछि पनि सञ्चालन भइरहेका क्रसर उद्योग बन्द गर्ने निर्णय बैठकले गरेको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक आयोजनाको नाममा अन्यत्र निर्माण सामग्री बिक्री गर्दै आएका क्रसर उद्योग तथा अवैध बालुवा प्रशोधन उद्योग पनि बन्द गर्ने निर्णय गरिएको छ ।”
 
गोरखामा सञ्चालनमा रहेका अधिकांश क्रसर उद्योग दर्ता भएर पनि नवीकरण नभएको र दर्ता भएको ठेगानामा सञ्चालनमा नरहेको पर्यटन तथा घरेलु उद्योग कार्यालय गोरखाका प्रमुख सूर्य भुजेलको भनाइ छ । जिल्लामा अहिले सिम्रन क्रसर उद्योग, माई मनकामना क्रसर उद्योग, गोरखकाली क्रसर उद्योगले दर्ता नवीकरण नगरी उद्योग सञ्चालन गरिरहेका छन् ।  यी उद्योगको २०७३÷७४ मा नै म्याद सकिएको भए पनि अहिलेसम्म पनि नवीकरण नगरी सञ्चालनमा रहेको उहाँले बताउनुभयो
 
बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका १२ भन्दाबढी बालुवा प्रशोधन उद्योग तत्कालका लागि बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । सञ्चालनमा रहेका बालुवा प्रशोधन कसरी सञ्चालन भइरहेका छन् भन्ने बारेमा सम्बन्धित स्थानीय तह अनविज्ञ छन् । बैठकले सञ्चालित प्रशोधन उद्योग कानुन विपरित भए नभएको अनुसन्धान गरेर मात्र थप निर्णय गर्ने उहाँले बताउनुभयो । बन्द गरिएका उद्योगमा रहेका कच्चापदार्थ स्टक प्रमाणित गरी सात दिनभित्र विवरण पठाउन भनिएको छ ।
 
मापदण्ड विपरित रहेका उद्योग बन्द गराउन स्थानीय तहलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले आवश्यक सुरक्षा व्यवस्था मिलाउने निर्णय बैठकले गरेको प्रमुख थापामगरले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिका प्रमुख थापामगरको अध्यक्षतामा भएको बैठकमा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, पालुङटार नगरपालिकाका प्रमुख विवस चिन्तन, गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सिना ९साकार०, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आर्चाय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago