भर्खरै

निगम पेट्रोलियम पदार्थको मूल्य घटायो, अब पेट्रोल मूल्य एक सय ७५ रुपैयाँ कायम

  • प्रकाशित मिति : सोम, पौष २५, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौ २५ पुस । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । 
 गएको बिहीवार प्रधानमन्त्रीले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिए पनि निगमले भने आइतबारमात्र मूल्य घटाएको हो । 
 
निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीनरतीन रुपैयाँका दरले घटाएको छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमशः २० र ३० रुपैयाँले घटेको निगमले विज्ञप्तिमार्फत जनाएको छ । योसँगै अब पेट्रोल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ भने डिजल र मट्टीतेल प्रतिलिटर एक सय ७५ रुपैयाँ कायम भएको छ । 
 
आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर एक हजार चार सय २० डलर कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने अहिलेलाई यथावत् राखेको छ ।
 

प्रतिक्रिया