भर्खरै

आयात रोकिएपछि उद्योगमा विद्युत् कटौती

  • प्रकाशित मिति : बुध, पौष २७, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, पुस । भारतबाट विद्युत आयात प्रभावित भएको भन्दै नेपाल विद्युत प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रहरुमा विद्युत कटौती सुरु गरेको छ ।
 
भारतमा बिजुली उत्पादन कटौती भएका कारण बिजुलीको आयात पनि प्रभावित भएकाले प्राधिकरणले केही दिनका लागि भन्दै उद्योगहरुलाई जानकारी गराएरै साँझ र बिहानको ‘पिक आवर’मा लाइन काट्न थालेको छ । 
 
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराई विहारमा आकस्मिक रुपमा उत्पादन प्रणालीमा समस्या आई आयात रोकिएकोले समस्या आएको बताउउनुभयो । 
 
करिब एक सय मेगावाटभन्दा बढी बिजुलीको आयात प्रभावित भएपछि उद्योगहरुमा समस्या आएको प्राधिकरणले जनाएको छ ।
 
बिहान ७ बजेदेखि ११ बजेसम्म र बेलुकी ५ बजेदेखि १० बजेसम्म भारतबाट भइरहेको आयात प्रभावित भएकाले केही दिनमै समस्या समाधान भएर बिजुली पूर्ववतः रुपमा आयात हुन थाल्ने प्राधिकरणको अपेक्षा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 9 hours ago