भर्खरै

महानगरपालिकाको उदाहरणीय काम

  • प्रकाशित मिति : बुध, पौष २७, २०७९
  • - विद्युत संसार
title
काठमाडौं २७ पुस । अहिलेको युग प्रविधिको युग हो । मानिसहरु आफुलाई स्मार्ट बनाउनका निम्ति आफ्नो काममा आउने सम्पूर्ण वस्तुहरु प्रविधियुक्त होस् र सजिलो होस् भन्ने चाहान्छन् । सामान्य खाना बनाउन इलेक्ट्रिक चुलो देखि जाडोयाममा कोठा न्यानो बनाउन विभिन्न किसिमका हिटरहरु सम्म प्रयोगमा आएका छन् । अझ भनौ आफ्नो घर देखि अफिस सम्म आफुलाई आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु स्मार्ट र प्रविधियुक्त रोज्ने प्रचलन बढ्दो छ । 
हाम्रो जीवनशैलीलाई सहज बनाउन प्रयोगमा ल्याउने विभिन्न प्रविधियुक्त सामग्रीहरु प्रायः विद्युतबाट चल्ने हुन्छ । यद्यपि हामी सबैलाई स्मार्ट र प्रविधियुक्त सामग्रीमा ध्यान जाने र उपभोग गर्दै आएपनि त्यसलाई कसरी राम्रोसँग प्रयोगमा ल्याउने भन्ने बारेमा भने खासै ध्यान दिएको पाइदैन् । सोही कारण हामीले साना देखि ठूलासम्मका विद्युतीय दुर्घटनाहरु सुन्दै आएका छौ । खाना बनाउँदा हाम्रो लापरवाहीले आगोलागी देखि बाथरुपमा इलेक्ट्रिक गिजरबाट नुहाउँदा करेन्ट लाग्ने सम्मका घटनाहरु सुन्दै आएका छौ । 
 
अझ् विद्युत सर्ट भएर आगलागी भएका घटना त धेरै सुन्दै र देख्दै पनि आएका छांै ।
हाम्रो जीवनशैलीलाई सहज बनाउन प्रयोगमा ल्याउने विभिन्न प्रविधियुक्त सामग्रीहरु प्रयोग गर्दा धेरै कुराहरुमा ज्ञान हुनुपर्दछ । ललितपुर महानगरपालिकाले गृहिणी महिलालाई ललितपुर महानगरपालिकाको विपद् व्यवस्थापन शाखाले ललितपुरका २९ वटै वडाका गृहिणीलाई विद्युतजन्य आगलागी तथा दुर्घटना न्यूनीकरण तालिम दिइरहेको छ । साउथ एसियन लाइटिङ् नेटवर्कका विद्युतीय सुरक्षा सम्बन्धी इन्जिनियर श्रीयोग शर्माले विद्युतीय गडबडी हुन नदिन र आगलागी हुने अवस्था सिर्जना नहोस् भन्नका लागि कस्ता विद्युतीय सामग्रीहरू प्रयोग गर्ने भन्ने विषयमा सचेतना सहजीकरण गर्नुभएको थियो भने तालिममा प्राध्यापक डा श्रीराम शर्माले एलपी ग्यासको आगलागी नियन्त्रण विधि, फायर एक्सटिङगिसरको प्रयोग विधि, फायर ब्ल्याङकेटको प्रयोग विधि र विद्युतीय गड्बडीबाट हुने आगलागी बारे त्यस्तै जुद्ध वारुण यन्त्रका अग्नि नियन्त्रक गणेश पौडेलले आगलागी हुन नदिन के गर्ने र कस्ता सावधानी अपनाउने, आगलागी भएपश्चात् के गर्ने र कसरी सुरक्षित रहने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो ।
 
। यो महानगरपालिकाको सर्हानिय काम हो । गृहिणी महिला जो घरमा हरेक समय इलेक्ट्रिक सामग्रीको प्रयोग गरिरहेकी हुन्छिन् तर उनिहरुलाई नै त्यसको प्रयोग गर्न नजान्दा आउन सक्ने विद्युतीय दुर्घटना न्यूनीकरण गर्न महानगरको यस्तो कदमले ठूलो भुमिका खेल्दछ । यस्ता घटना न्यूनिकरणमा उपभोक्ता आफै जिम्मेवार त हुनुपर्दछ तर घटना न्यूनीकरणमा सरकार र सम्बन्धित निकायको पनि ठूलो भुमिका रहन्छ । यसैले पनि महानगरपालिकाको जस्तो काम अन्य पालिका र केन्द्रिय स्तरबाट नै हुन जरुरी छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago