भर्खरै

सुपर मादी हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै

  • प्रकाशित मिति : बिही, पौष २८, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडमौं २८ पुस । सुपर मादी हाइड्रोपावरले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
 
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
 
कम्पनीले सर्वसाधारणको लागि कुल २१ लाख कित्ता आइपिओ मध्य वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशतले हुन आउने २ लाख १० हजार कित्ता विक्री गरिसकेको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । अब बाँकी १७ लाख ४३ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।
 
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि छिटोमा माघ १२ गते र ढिलोमा माघ २३ गते सम्म आवेदन दिन सक्ने छन् ।
 
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकास्थित मादी नदीको पानीबाट  ८ अर्ब ३५ करोड अनुमानित लागतमा ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago