भर्खरै

तनहुँ विद्युतीय व्यवसायी संघको साधारण सभा तथा अधिवेशन सम्पन्न

  • प्रकाशित मिति : सोम, माघ २, २०७९
  • - विद्युत संसार साप्ताहिक
title
तनहुँ, माघ । तनहुँ विद्युतीय व्यवसायी संघ तनहुँको पाचौं वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशन सम्पन्न भएको छ । 
शनिबार दमौलीमा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष सुदर्शन प्रसाद पौड्यालको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । 
 
नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष पौड्यालले कार्यक्रमको समुद्धाटन गर्दै महासंघ, संघ जिल्ला तथा नगर संघहरु एक विशुद्ध सामाजिक संस्था भएको जनाउँदै यस्ता संघ तथा नगरसंघहरुले गुणस्तरीय विद्युतीय सामग्रीको खरिद बिक्रिमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार उज्यालोको व्यापारीले आफ्नो जीवन र जीवन धान्न गरिने व्यवसायलाई गुणस्तरीयतामा ख्याल गर्न सके नेपाल उज्यालो तिर लम्कदै गुणस्तर अभावले हुने विद्युतीय दुर्घटनाको अन्त्य हुने उहाँको भनाई छ । 
 
यस्तै तनहुँ विद्युतीय व्यवसायी संघका संस्थापक अध्यक्ष महेन्द्र कुमार श्रेष्ठले उपस्थित सम्पूर्णलाई स्वागत गर्दै आफुले जिल्लाभरका व्यापारीको एकता र व्यापारमा एकरुपता कायम गराउन संघको स्थापना गरेको र अब बन्ने समितिले जिल्लाभरका विद्युत व्यवसायीलाई समेट्न सफल हुने आशा व्यक्त गर्नुभयो ।
 
कार्यक्रममा तनहुँ विद्युतीय व्यवसायी संघका अध्यक्ष पोष्टमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमले नयाँ कार्यसमितिको समेत गठन गरेको छ । चुडालाल मल्ल अध्यक्ष रहेको कार्यसमितिमा उपाध्यक्ष चुन नारायण जोशी, सचिव सुमित ढुंङ्गाना, कोषाध्यक्ष रमेश श्रेष्ठ , सहसचिव दशरथ गैरे, सदस्यहरुमा दिपकराज रेग्मी, विजय थाप, चोक बहादुर गुरुङ, बलराम वाग्ले, किरण गिरी र विना मगर निर्वाचित भएका छन् । 
 
संघको वार्षिक साधारणसभा तथा अधिवेशनमा विशेष अतिथिहरु नेपाल विद्युतीय व्यवसायी महासंघका प्रथम उपाध्यक्ष रेशम प्रसाद देवकोटा र महासंघका कोषाध्यक्ष शंकर देवकोटा रहेको थियो । 
कार्यक्रममा लेखनाथ सापकोटा, बिनोद बहादुर कार्की, शशिधर लामिछाने, प्रकाश चन्द्र पाण्डे लगायत विभिन्न जिल्लासंघ बाट डोलराम नेउपाने , सुजन अधिकारी , लोकनाथ पोख्रेल , सरोज रेग्मी , ओम प्रसाद चालिसे लगायत विभिन्न जिल्ला तथा नगर संघबाट समेत अतिथिहरुले आ–आफ्नो भनाइ राख्नुभएको थियो । 
 
निवर्तमान अध्यक्ष पोष्टमान श्रेष्ठको अध्यक्षता भएको कार्यक्रम लाई पद हस्तान्तरण सँगै नवनिर्वाचित अध्यक्ष चुडालाल मल्लले समापन गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago