भर्खरै

मन्त्रिपरिषद विस्तार, उपप्रधानमन्त्री तथा ऊर्जा जलस्रोत मन्त्रीमा राजेन्द्र लिङ्देन नियुक्त

  • प्रकाशित मिति : मंगल, माघ ३, २०७९
  • - शिखर श्रेष्ठ
title

काठमाडौं ३ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री नियुक्त हुनुभएको छ । राष्ट्रपति कार्यालय, शीतलनिवासमा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार आफ्नो मन्त्रिपरिषद् विस्तार गर्नुहुदै सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १५ जना नयाँ मन्त्रीहरू थपिएका छन् ।
नयाँ मन्त्री तथा राज्यमन्त्रीहरूले राष्ट्रपति कार्यालयमा मंगलबार दिउँसो पद तथा गोपनियताको शपथ लिएका हुन । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बन्नुभएको छ ।
 
त्यस्तै मन्त्रीहरुमा माओवादीबाट रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री यस्तै सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री हुनुभएको छ । 
 
नेकपा एमालेबाट डा. विमला राई पौडेल परराष्ट्र मन्त्री, पदम गिरी स्वास्थ्य मन्त्री, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका हुनुभएको छ । राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्रीमा नियुक्ती हुनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त हुनुभएको छ । 
 
सत्ता साझेदार दलहरूले यसपालि नयाँ अनुहारलाई मन्त्री बनाएका छन् । नयाँ दलका रूपका आएका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीले मात्र होइन पुराना दलहरूले पनि नयाँलाई अवसर दिएका छन् । अहिले प्रचण्ड सरकारमा मन्त्री र राज्यमन्त्री बनेका २३ मध्ये १५ जनाले पहिलो पटक मन्त्रालयको काम सम्हाल्ने अवसर पाएका हुन् ।

प्रतिक्रिया