भर्खरै

भोलि देखि काठमाडौंमा ऊर्जासँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

  • प्रकाशित मिति : बिही, माघ ५, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ५ माघ । काठमाडौंको भृकुटीमण्डपमा भोलि देखि ८ गते आइतबार सम्म अन्तर्राष्ट्रिय ऊर्जा सँग सम्बन्धित प्रदर्शनी हुने भएको छ ।
 
मिडिया स्पेस सोलुसन्स (एमएसएस)का साथै एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयोजकत्वमा ‘नेपाल इलेक्ट्रिक पावर एण्ड लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी’ नामक विद्युतीय र ऊर्जासँग सम्बन्धित प्रदर्शनी भोलि शुक्रबार देखि हुन लागेको हो । 
 
प्रदर्शनीले आधारभूत रूपमा प्रदर्शनी, सम्मेलन र साझेदारीको समायोजन गर्न खोजेको आयोजकको दाबी छ । नेपालमा विद्युत् तथा ऊर्जासँग आबद्ध विभिन्न उद्योगहरूले आपसी साझेदारी गर्ने, सम्बन्ध बढाउने तथा व्यवसायका अवसरहरू निर्माण गर्ने केन्द्रको भूमिका निर्वाह गर्ने जनाइएको छ । 
 
प्रदर्शनीमा आगन्तुकलाई प्रवेश निःशुल्क गराइनुका साथै विद्युत्, विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रम पनि गराइने आयोजकको भनाइ छ । प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीहरूको स्टल रहने आयोजकले जनाएको छ । 
 
यि हुन प्रर्दशनीमा सहभागी हुने सस्थाहरु
 
 

प्रतिक्रिया