भर्खरै

संघको बार्षिक साधारण सभा एवम् बनभोज कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : सोम, माघ ९, २०७९
  • - भीमलाल श्रेष्ठ
 
 
काठमाडौ ९ माघ । नेपाल इलेक्ट्रिसियन संघ काठमाडौंको तेह्रौँ वार्षिक साधारण सभा एवम् वृहत बनभोज कार्यक्रम सम्पन्न भएको छ । इलेक्ट्रिसियनहरुको हक हितमा लड्दै आएको संघले आफ्नो वार्षिक साधारण सभा यहि माघ७ गते बालाजु बाईस धारामा आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघको अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले इलेक्ट्रिसियन र विद्युतीय व्यवसायी एकै सिक्काका दुई पाटा रहेका बताउनु भयो । ‘इलेक्ट्रिसियन विद्युतीय व्यवसायीको पहिलो इन्जिनियर हो’ उहाँले भन्नुभयो गुणस्तरिय विद्युतीय सामग्रीको प्रयोग गर्ने परिपार्टिको विकास इलेक्ट्रिसियनहरुबाटै पनि शुरुवात गरिनु पर्नेे भन्दै सम्पूर्ण इलेक्ट्रिसियनहरु यसमा आवश्यक ध्यान दिन आग्रह गर्नुभयो । 
इलेक्ट्रिसियन पेसा अन्तराष्ट्रिय स्तरमा नै सम्मानित पेसा हो अझ सम्मानित बनाउन आफैलाई पहिचान गरि आफ्ना नजिकका परिवार समेत सहभागीता गराउनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष पौड्यालले इलेक्ट्रिसियनहरुको सेवा भनेको अध्यारोलाई उज्यालो तिर लौजाने उज्यालोको अभियन्ता हुन् उहाँले भन्नुभयो इलेक्ट्रिसियन इलेक्ट्रिकल इन्जिनियस् हुन उनिहरुले काम गरेबापत मापदण्ड बमोजिम निश्चित मुल्य लिनु पर्ने समेत बताउनु भयो । 
 
इलेक्ट्रिसियन प्राविधिक क्षेत्रका भएकाले आफ्नो सिपलाई अझ निखरता ल्याउदै जान आग्रह समेत गर्नुभयो । उहाँले इलेक्ट्रिसियनहरुलाई तालिम दिन संघले पनि आफ्नो भुमिका निर्वाह गर्न आवश्यक रहेको औल्याउनु भयो । आफु इलेक्ट्रिसियन पेसामा आवद्ध भएसम्म संघको ठूलो आवश्यकता हुने भएकाले संघलाई अगाडी बढाउन सदस्याहरुकै ठूलो हात हुने उहाँको भनाई थियो । अंगुरको झुप्पोको मूल्य बढिहुन्छ र झुप्पो छुट्टीएको अंगुरको मुल्या कम हुने उदाहारण दिदै अध्यक्ष पौड्यालले संघको महत्व समेत दर्शाउनु भएको थियो । 
 
त्यस्तै नेपाल विद्युतीय व्यवासायी महासंघका पूर्व अध्यक्ष एवम् आर्किड इलेक्टिकल्स प्रा.लिका अध्यक्ष गोविन्द प्रसाद कँडेलले गुणस्तरिय सामग्री विक्रि वितरणमा संघले सारथीको भुमिका निर्वाह गरेको बताउनु भयो । यहाँले इलेक्ट्रिसियनहरुका लागि इन्सुरेन्सको लागि व्यवसायीहरुबाट साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाउनु भयो । 
त्यस्तैगरि नेपाल विद्युतीय व्यवसायी महासंघका सह कोषाध्यक्ष एवं संघका सल्लाहकार शंकर देवकोटाले इलेक्ट्रिसियन व्यवसायी पनि हुन सक्छन् तर व्यवसायी इलेक्ट्रिसियन हुन नसक्ने बताउदँै उहाँले विद्युत क्षेत्रमा इलेक्ट्रिसियनको महत्व दर्शाउनु भयो  । उहाँले व्यवसायीबाट इलेक्ट्रिसियनहरुका लागि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउनु भयो । 
 
कार्यक्रममा काठमाडौ विद्युतीय व्यवसायी संघका कोषाध्यक्ष श्रीलाल श्रेष्ठले इलेक्ट्रिसियन र विद्युतीय व्यवसायी नङ्ग र मासुको सम्बन्ध रहेको बताउनु भयो । उहाँले गुणस्तरिय सामग्री विक्रि वितरण गर्न सबै व्यवसायी प्रतिवद्ध रहेको बताउनु भयो । हामी व्यवसायी र इलेक्ट्रिसियन  बसमा छुटै छुटै यात्रा गरेता पनि हाम्रो गन्तब्य एउटै रहेको समेत बताउनुभयो ।
 
संघका अध्यक्षको प्रतिवेदन अनुसार सदस्यहरुको लागि हस्पिटलमा उपचार ,मेडिसिन र अन्य शिर्षकमा  छुट सहितको व्यवस्था मिलाएको बताउनु भएको थियो । त्यसैगरी संघको बन्दसत्रले समय सापेक्षा तेस्रो विधान संसोधन २०७९ ,महासचिवको प्रतिवेदन र आर्थिक बर्ष २०७८÷०७९को लेखापरीक्षण  समेत अनुमोदन गरिएको संघका  अध्यक्ष प्रकाश कुमार दाहालले विद्युत संसारलाई बताउनु भयो ।यस वार्षिक साधारण सभा एवम् वृहत बनभोज कार्यक्रममा इलेक्ट्रिसियनहरुलाई  विभिन्न उपहार वितरणसँगै विभिन्न मनोरजनात्मक खेलहरु समेत खेलाईएको थियो ।
कार्यक्रम संचालन संघका सचिव मन्दिरा भण्डारीले गर्नु भएको थियो ।  
 
 
 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago