भर्खरै

मन्त्री ज्यूलाई शुभकामना सन्देश

  • प्रकाशित मिति : बुध, माघ ११, २०७९
  • - विद्युत संसार
title

काठमाडौं ११ माघ । देशमा यतिखेर राजनैतिक गतिविधि चुलिदो छ । नयाँ प्रधानमन्त्री पाएँ सँगै मन्त्रालयहरुमा नयाँ मन्त्री र सभामुख, र उपसभामुखको निर्वाचन सम्पन्न भएको छ । यो पटकको सरकारका मन्त्रालयहरुमा नयाँ अनुहारका मन्त्रीहरुको उल्लेखनिय सहभागीता बढी रहेको छ । र आम जनताले पनि उनै नयाँ अनुहारहरु प्रति आशा र भोरोषा बढी गरेको छन् । पुराना नेताहरुले आफ्नो बोलि भन्दा फरक खालको व्यवहार प्रति जनताको असन्तुष्टि भएका छन् । यो पटक उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेनले जिम्मेबारी सम्हादै हुनुहुन्छ । 
 
नयाँ मन्त्रालय सम्हादै लिङदेनले पदभार ग्रहण गरेको पहिलो दिन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देनले यस क्षेत्रको विकासलाई गति दिन ५ वर्षे रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गर्नुभएको छ । मन्त्रालय तथा मातहतका निकायको संक्षिप्त विवरण, समस्या, चुनौती तथा अवसरका विषय समेटेर अवधारणा तयार गरिने भएको छ । महिनाभित्र निर्णय बमोजिकको अवधारणापत्र तयार गर्न मन्त्रालय ऊर्जा महाशाखाका सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ । भ्रष्टाचारका सन्दर्भमा शून्य सहनशिलता अपनाइनेछ, काम गर्न र परिणाम देखाउन कर्मचारीतन्त्रको सहयोग अनिवार्य रहेको हुँदा सोही अनुसार अगाडि बढ्दै जाने उहाँको भनाई रहदै आएको छ । 
 
उपप्रधान तथा उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री लिङदेनले देशभित्रका उद्योगी, व्यापारी र विदेशी उद्योगीहरुलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ । देशभित्रका उद्योगी, व्यापारीहरुलाई ढुक्कसँग लगानी गर्न आग्रह गर्दै मन्त्री लिङदेनले नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिनुभएको छ । नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने इलेक्ट्रिकल भेकलहरु, ग्याँसको ठाउँमा बिजुलीबाट खाना पकाउन सरकारले ठूलो योजना बनाउने उहाँको सुनाउदै गर्दा यि योजना कति सफल हुन्छन् भन्ने भविष्यले नै देखाउने छ । 
 
मन्त्रालयमा नयाँ मन्त्रीहरु आउदै गर्दा सबैले कुनै न कुनै किसिमको घोषणा त गर्नुहुन्छ तर त्यस अनुरुप काम भने भइरहेको हुदैन । आफ्नो भनाईहरुलाई कार्यन्वयमा नै ल्याउन नसक्दा प्राय सम्पूर्ण मन्त्री तथा नेताहरु जनता समक्ष चुक्दै आएका छन् । घोषणा गर्न जति सहज छ, कार्यान्वयन त्यत्ति नै असहज र कठिन । तयारी नै नगरी चर्चाका लागि गरिने घोषणा आखिरमा घोषणाकर्ताका लागि घातक हुने गरेका उदाहरण प्रशस्तै छन् । चर्चामा मात्र आफु नआउन र देश र जनताको भविष्य सोचेर आफ्ने कार्यकालमा राम्रा कामगर्न उपप्रधान तथा ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री लिङदेनलाई हाम्रो पनि शुभकामना । 

प्रतिक्रिया