भर्खरै

महासंघको साधारण सभा एवम् महाधिवेशन ः निर्वाचन तालिका सार्वजनिक

  • प्रकाशित मिति : बुध, माघ ११, २०७९
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौं ११ माघ । नेपाल विद्युतीय व्यवसायी महासंघको १३ औं वार्षिक साधारण सभा एवम पाँचौ महाधिवेशनको माघ २८ गते गर्ने जनाएको छ ।माघ २८ गते शनिवार होटल क्राउन इम्पेरीयल रविभवन हाइट काठमाडौंमा हुने साधारण सभा एवम् महाधिवेशनबाट  महासंघले नयाँ नेतृत्व पाउँदै छ त्यसका लागि महासंघले हिजो मंगलबार निर्वाचन तालिका सार्वजनिक गरिएको छ । 
महासंघले एक सुचना जारी गर्दै उम्मेद्धवारी मनोनयन पत्र दर्ता माघ २३ गते सोमबार ४ बजे सम्म महासंघको सचिवालयमानै गर्न आग्रह गरिएको छ । त्यस्तै उम्मेदवारहरुको नामावली प्रकाशन २३ गते ५ बजे, उम्मेदवार मनोनयन उपर दावी विरोध २४ गते मंगलबार ३ बजेसम्म,उम्मेदवारहरुको नामावली प्रकाशन २४ गते ५ बजेसम्म, उम्मेदवारी फिर्ता÷सर्वसम्मतीको प्रयास २६ गते ४ बजे सम्म र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन २६ गते विहिवार ५ बजेसम्म गरिने संजय नाथ जोशी प्रमुख निर्वाचन  अधिकृतद्धारा हस्ताक्षरित गरिएको सूचना पत्रमा उल्लेख छ । 
मतदान÷मतगणना÷निर्वाचन परिणाम घोषणा सपथ ग्रहण तथा प्रमाण पत्र प्रदान २८ गते शनिवार बन्दसत्र समापन पश्चात साधारण सभा हलमा गरिने महासंघले जनाएको छ ।
महासंघले प्रमुख निर्वाचन अधिकृतमा संजय नाथ जोशी , निर्वाचन अधिकृतमा  प्रियहरि भण्डारी र कुमार दास रंजित सहित तीन सदस्य निर्वान अधिकृत समेत नियुक्त  गरिएको संयुक्त हस्ताक्षरित सुचना पत्रमा जनाईएको  छ । 
हेर्नुहोस् महासंघद्धारा प्रकाशित निर्वाचन सम्बन्धी सूचना

प्रतिक्रिया