भर्खरै

रुकुमकोट हेलिप्याडमा बत्ती जडान

  • प्रकाशित मिति : आइत, माघ १५, २०७९
  • - विद्युत संसार
title

रुकुम (पूर्व), १५ माघ । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित बतासे डाँडामा हेलिप्याडमा सोलार बत्ती जडान गरिएको छ । बत्ती जडान गरिएपछि अब रातिको समयमा पनि यहाँ सहजै हेलिकप्टर अवतरण गर्न सकिने भएको छ ।  
 
यसअघि सिस्ने हेलिप्याडमा बत्ती अभावका कारण दिनमा मात्र हेलिकप्टर अवतरण गरिँदै आएको थियो । आर्थिक वर्ष २०७६÷७७ मा सङ्घीय सरकारको रू १० लाख लागतमा हेलिप्याड निर्माण गरिएको हो । बत्ती जडान भने  सिस्नेले आफ्नै लगानीमा गरेको गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो । 
 
नेपाली सेनाले निर्माण गरेको उक्त हेलिप्याडमा सेनाकै  प्राविधिक सहयोगमा बत्ती जडान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले बत्ती जडान गर्न रू दुई लाख २५ हजार खर्च गरेको छ । बत्ती जडानपछि शनिबार पालिकालाई हेलिप्याड हस्तान्तरण गरिएको निर्माणमा संलग्न नरसिंह दलगणका गणपति प्रमोदकुमार शर्माले जानकारी दिनुभयो । 
 
हेलिप्याडमा बत्ती जडानपछि अब गम्भीर बिरामी, सुत्केरीलगायतलाई रातिको समयमा पनि हेलिकप्टरमा उद्धार गर्न सकिने छ । 

प्रतिक्रिया