भर्खरै

महासंघको अध्यक्षमा सर्वसम्मत, अन्य पदका लागि निर्वाचनको तयारी

  • प्रकाशित मिति : बुध, माघ २५, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २५ माघ । नेपाल विद्युतीय व्यवसायी महासंघको नयाँ कार्यसमिति  चयन गर्ने तयारी रहेको छ । यहि माघ २८ गते शनिबार काठमाडौंमा हुन गइरहेको १३ वार्षिक साधारण सभा एवमं ५ औं महाधिवेशले नयाँ कार्यसमिति पाउँदैछ । 
 
महासंघले मंगलबार प्रकाशित गरेको उम्मेदवारहरुको नामावली अनुसार प्रथम उपाध्यक्षमा दिलीप कुमार अग्रवाल र प्रेम बहादुर जिसीको उम्मेदवारी परेको छ । एशोसिएट तर्फ द्धितिय उपाध्यक्षमा कोमल पोखरेल र कविन्द्र रत्न कंसाकारको उम्मेदवारी परेको छ ।  कोषाध्यक्षमा शंकर देवकोटा र प्रकाशचन्द्र पाण्डेयको उम्मेदवारी परेको छ भने सह–कोषाध्यक्षमा शशिधर जैशी लामिछाने, महेन्द्र कुमार श्रेष्ठ र नारायण बाबु बस्नेतको उम्मेदवारी परेको महासंघले निकालेको सूचना पत्रमा उल्लेख छ । 
 
एशोसिएट सदस्य तर्फ पुरुषोत्तम अधिकारी, शुभम् अग्रवाल र बालकृष्ण अग्रवाल गरी तीन जनाको उम्मेद्वारी परेको छ । तीन उम्मेदवार मध्ये दुई जना मात्र कार्यसमिति सदस्यमा चयन हुनेछन् ।  
महासंघको अध्यक्षमा वर्तमान प्रथम उपाध्यक्ष रेशम प्रसाद देवकोटाको एकल उम्मेदवारी परेको छ ।  तृतिय उपाध्यक्षमा लेखनाथ सापकोटा, महासचिवमा गोपाल अग्रवाल, सचिवमा विनोद लुईटेलको एकल उम्मेदवारी परेको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा पुरुषोत्तम भुसाल, शंकर पौडेल, चन्द्रकान्त जोशी, मुक्तिनाथ सापकोटा, राजेश गौतम, केशव देवकोटा, शिवराज रिजाल, पोस्टमान श्रेष्ठको उम्मेदवारी परेको छ ।
 
यस्तै प्रदेश कार्यसमिति सदस्यहरुमा प्रदेश १ बाट नवीन कुमार अग्रवाल र चन्द्रमणी देवकोटा गरी दुई जनाको उम्मेद्वारी परेको छ  । उनिहरु मध्ये एक जना चयन हुनेछन् । मधेश प्रदेशबाट मनोज कुमार अग्रवाल, बागमती प्रदेशबाट सरोज कुमार रेग्मी, गण्डकी प्रदेशबाट राजु भण्डारी, लुम्बिनी प्रदेशबाट लोकनाथ पोखरेल र सुदुरपश्चिम प्रदेशबाट विष्णुराज भट्ठको उम्मेदवारी परेको महासंघले प्रकाशित गरेको सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago