भर्खरै

महासंघले राखेको उचित प्रस्तावलाई सम्बोधन गर्छुः अर्थमन्त्री पौडेल

  • प्रकाशित मिति : शनि, माघ २८, २०७९
  • - भीमलाल श्रेष्ठ
title
काठमाडौ, माघ । नेपाल सरकारका उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विद्युतीय व्यवसायीहरुले राखेको उचित प्रस्तावलाई सम्बोधन गर्ने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजना भएको नेपाल विद्युतीय व्यवसायी महासंघको तेर्हौ वार्षिक साधारण सभा एवं पाँचौ अधिवेशनको समुद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । 
 
मन्त्री पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै उपभोक्ताहरुलाई गुणस्तरीय वस्तु उपलब्धता गराउनु राज्य र व्यवसायी दुवैको दायित्व रहेको बताउँदै नेपालमा आयात तथा उत्पादित हुने सामग्रीहरुको लागि टेष्ट ल्यावको व्यवस्था गर्न सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । 
 
 
कार्यक्रममा समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको भन्दैै कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछर्यौट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न पनि आफु लागि परेको बताउनुभयो । 
 
कार्यक्रममा व्यवसायीहरुले उठाएका प्रस्तावहरुलाई सम्बोधन गर्दै मन्त्री पौडेलले व्यवसायीहरुलाई कम्पनी दर्ता तथा नवीकरणमा हुने झन्झटिलो प्रक्रियालाई सुधार गर्न सकिने समेत बताउनुभयो ।
 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेस अग्रवाल, नेपाल विद्युतीय व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजनारायण खरेल लगायत विशेष अतिथि रहेको थियो । 
कार्यक्रममा महासंघका अध्यक्ष एवं कार्यक्रमका सभापति सुदर्शन प्रसाद पौड्यालले नेपालको औद्योगिक एवं वाणिज्य क्षेत्रको सर्वाङ्गिण विकास तथा विद्युत् क्षेत्रसँग प्रत्यक्ष संलग्न रहेका सम्पूर्ण उद्योग, व्यवसाय एवम् पेसामा आवद्ध सबैलाई नगर, जिल्ला, क्षेत्रीय संघ एवं  एशोसियट सदस्य मार्फत सङ्गठित तुल्याई व्यावसायिक हकहितको संरक्षण साथै उपभोक्ता समक्ष स्तरीय सेवा सुविधा दिने प्रतिवद्धता महासंघले गर्ने बताउँदै आगामी कार्यसमितिले निर्माणाधीन भवनलाई सहज रुपमा समापन गर्नेमा आफू ढुक्क भएको बताउनुभयो । 
 
 
पाँचौ अधिवेशनका लागि केही पदहरुमा सर्वसम्मत भएपनि कोषाध्यक्ष, सह–कोषाध्यक्ष र कार्यकारिणी सदस्यका लागि भने निर्वाचन हुने भएको संघका वरिष्ठ उपाध्यक्ष रेशमप्रसाद देवकोटाले बताउनुभयो । 
 
कार्यक्रममा महासंघले जिल्ला संघले गरेको उत्कृष्ट कार्यको आधारमा तीनवटा जिल्ला संघहरुलाई सम्मानित समेत गरेको थियो । सम्मानित हुने जिल्लाहरुमा प्रथम चितवन विद्युत व्यवसायी संघ, द्धितिय काठमाडौं विद्युतीय व्यवसायी संघ र तृतिय रुपन्देही  विद्युतीय व्यवसायी संघलाई सम्मानित भएका छन् साथै नवनिर्मित संघको भवन निर्माण कार्यमा उत्कृष्ट योगदान गरेका  नेपाल भर रहेका जिल्ला तथा नगर संघ र कर्मचारीहरुलाई समेत सम्मानित गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago