भर्खरै

महासंघको साधारण सभा एवं अधिवेशनको अवसरमा पूर्व अध्यक्षहरुको भनाई

  • प्रकाशित मिति : शनि, माघ २८, २०७९
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं २८ माघ । नेपाल विद्युतीय व्यवसायी महासंघको तेह्रौं वार्षिक साधारण सभा एवं पाँचौं अधिवेशनको अवसरमा विद्युत संसार साप्ताहिक पत्रिकाका सम्पादक भीमलाल श्रेष्ठले महासंघका पूर्व अध्यक्षहरुसँग गरिएको कुराकानीमा आधारितः 
 
गोविन्द प्रसाद कँडेल
पूर्व अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ

नेपाल विद्युतीय व्यवसायी महासंघको विधान अनुसार देशको पूर्व मेचि देखि पश्चिम महाकालीसम्मको विद्युतीय व्यवसायीहरुलाई एकताको शुत्रमा बाध्न नयाँ नेतृत्वको भुमिका रहनु पर्दछ । महासंघको गठनगर्ने समयमा समर्थन गर्ने जिल्ला संघहरुलाई महासंघले कसैलाई काखा र पाखा नगरी समान दृष्टिले हेर्न सुभेक्षा प्रकट गर्दछु । महासंघमा सबै जिल्ला संघहरुको समान प्रतिनिधित्व हुनुपर्दछ । 
 

राम बहादुर श्रेष्ठ
पूर्व अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ

महासंघले आगामी दिनमा व्यवसायी साथीहरु हक र हितको लागि जस्तै अहिले भोगिरहेको बैंक (एकीकृत महसामन्त) हरु संग समन्वय गर्दै समस्या हल गर्नका लागि अरुको मात्र मुख नताकि आफ्नै 
संस्थालाई अगाडि बढाउनु अत्यन्त जरुरी ठान्दछु ।
 
महासंघले गुणस्तरको एजेण्डा अगाडि बढाइरहेको छ यस्ता विषयमा अझ जोड दिन आवश्यक देखिन्छ । लामो समयसम्म पनि यस्ता विषयमा नतिजा नदेखिएकाले यस तर्फ नयाँ नेतृत्वले ध्यान दिँदै सशक्त भएर कार्यक्रम अगाडि बढ्ने आशा राख्दछु ।
 
महासंघले जिल्ला संघहरु सबैलाई आफ्ना प्रिय सन्तानको रूपमा हेर्नुपर्छ यसरी नै जिल्लाहरुले पनि अभिभावकको कार्य सफल पार्न मद्दत गर्नुपर्छ ।
अधिवेशनमा मात्र एक आपसमा राजनीतिको खराब पक्षको मात्र उदाहरण लिएर विवाद हुनु राम्रो पक्ष होईन । संस्थाको पदाधिकारीले मात्र गर्नुपर्छ भन्ने व्यवहारलाई त्याग्नु पर्दछ । यस विषयमा सबैले साथ र सहयोग गर्नु आवश्यक छ ।
 
ठूला जिल्ला तथा नगर संघहरुले साना जिल्ला तथा नगर संघहरुलाई अवसर दिने, सहयोग गर्नु उचित हुन्छ केबल भोटको राजनीति अर्थात् धेरै सदस्यहरु भएको दम्भबाट अभिप्रेरित नहुँदा राम्रो हुन्छ । 
चुनाव नै प्रजातन्त्रको सुन्दर पक्ष हो जसले संस्था बलियो हुन्छ । अब सबैलाई चुनाव पछि रिस राख्ने प्रवृत्तिबाट मुक्त राख्ने प्रशिक्षण दिनुपर्छ ।
 
महेन्द्र कुमार राठी
पूर्व अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ

देशभर छरिएर रहुनु भएका सम्पूर्ण विद्युतीय व्यवसायीहरुलाई एकताबद्ध बनाएर उनिहरुको हकहितका लागि आजको समय सापेक्ष भुमिका नेपाल विद्युतीय व्यवसायी महासंघले खेल्नुपर्दछ । आज देशले आर्थिक मन्दीको असर भोगिरहेको छ ।  बैंकहरुले व्याज वृद्धि गर्दा हामी व्यवसायी नै समस्यामा परेका छौ । यस्ता समस्यालाई न्यूनिकरण गर्न महासंघको नयाँ नेतृत्वको भुमिका निर्वाह गर्नु नितान्त आवश्यक छ । 
 
हामी व्यवसायीहरु पनि नैतिकताको आधारमा व्यवसाय गर्नुपर्दछ । व्यवसायी बीच प्रतिस्पर्धाले हामी आफैलाई नोक्सान हुने हो । व्यवसायी प्रतिस्पर्धा भन्दापनि गुणस्तरीय सामग्री बिक्रि वितरणको प्रतिस्पर्धाको आवश्यकता महासंघले मनन गर्नु आवश्यक छ । अर्कोतर्फ देशभरका विद्युतीय व्यवसायीहरुलाई आजको आधुनिक र प्रविधि आधारमा आफ्नो व्यवसाय सञ्चालन गर्नका लागि विभिन्न किसिमका तालिम प्रदान गर्नुपर्दछ । विद्युतीय व्यवसायीहरु आर्थिक र प्राविधिक रुपमा बलियो भयो भने राज्य बलियो हुन्छ । राज्य बलियो भयो भने हामी सबै बलियो हुने विषयमा ध्यान केन्द्रित हुनुपर्दछ ।
 
आजको समयमा नेपालमा गणतन्त्र, लोकतन्त्र आइसकेको अवस्था पनि राजनैतिक पार्टीहरुले भित्रभित्रै व्यवसायीहरुसँग चन्दा आतंक बढाउने गरेका छन् । यस्ता विषयलाई निरुत्साहित गर्न देशभरका व्यवसायी र जिल्ला संघहरु एकजुट बनाई सम्बन्धित निकायमा आवाज उठाउन महासंघको भुमिका बलियो हुनुपर्दछ । 
 
तेजनारायण खरेल
पूर्व अध्यक्ष, नेपाल विद्युतीय व्यवसायी महासंघ

विद्युतीय व्यवसायी क्षेत्रमा प्रत्यक्ष संलग्न भई व्यवसायीहरुको हक हितका लागि कार्य  गदैं आएको नेपाल विद्युतीय व्यवसायी महासंघ देशभर छरिएर रहेको विद्युतीय व्यवसायीहरु को छाता संगठन हो । देश निर्माणमा अहम् भुमिका निर्वाह गर्ने विद्युतीय व्यवसायीहरुको माग, आवश्यकतालाई सम्बोधन गर्दै व्यावसायिक क्षेत्रमा रहेको समस्यालाई पन्छाउँदै लामो समय देखि महासंघ अगाडि बढेको छ । हाम्रा पहँुचले नपुगेका व्यवसायीका मागहरु महासंघले नेपाल सरकारका निकायहरु, उद्योग वाणिज्य महासंघ लगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्दै आएका छांै । यसलाई नयाँ नेतृत्वले अझ प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यकता ठान्दछु ।
 
विद्युतीय व्यवसायलाई बढाउनका लागि आयात भन्दा पनि स्वदेशमा नै उत्पादन गर्न सके देशमा रोजगारीको अवसर सिर्जना हुनुका साथै नेपाललाई आर्थिक समृद्धिको बाटो तर्फ अघि बढाउन सहयोग पुग्ने देखिन्छ । यस विषयमा महासंघको अघिल्ला नेतृत्वले पनि ठूलो भुमिका निर्वाह गर्दै आएका थियौं अब महासंघको पाँचौं महाधिवेशनबाट निर्वाचित नेतृत्वहरुले पनि समय सापेक्ष व्यवसायी प्रवद्र्धधन र स्वदेशमा नै गुणस्तरीय सामग्री उत्पादनलाई जोड दिने विषयमा विशेष भुमिका निर्वाह गर्न म आग्रह गर्दछु । विशेषत नयाँ नेतृत्वलाई निर्माणाधिन भवन निर्माण सम्पन्न गर्नुपर्ने चुनौतीलाई चिर्न 
सकोस् । 
 
महासंघ हरेक दुई वर्षमा गर्दै आएको इलेक्ट्रो टेक जस्ता कार्यक्रमहरुलाई जिल्ला जिल्लामा पु¥याउन आवश्यक छ । नेपालमा उत्पादित विद्युतीय सामग्रीहरु सरकारको प्राथमिकतामा पर्न आवश्यक भएकाले यस विषयमा सरकारी निकायहरुसँग महासंघले प्रभावकारी ढंगले विषय उठान गर्न आवश्यक छ । महासंघलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन अब आउने नेतृत्वको यी र यस्तै विषयमा महत्वपूर्ण  भूमिका खेल्नुपर्दछ । विशेषगरी महासंघले गुणस्तरीय सामग्री बिक्रि वितरण गराउनका निम्ति देशभर छरिएर रहेका व्यवसायीहरु र जिल्ला संघहरुलाई आवश्यक अविभवृद्धि तालिम दिन नयाँ नेतृत्वको भुमिका उल्लेखनिय हुन्छ । पाँचौं महाधिवेशनबाट निर्वाचित सम्पूर्ण कार्यसमिति टिमलाई मेरो शुभकामना । 

प्रतिक्रिया