भर्खरै

कोषाध्यक्ष पदमा तपाईको उम्मेदवारी किन ?

  • प्रकाशित मिति : शनि, माघ २८, २०७९
  • - विद्युत संसार संवाददाता
title

शंकर देवकोटा
वर्तमान कार्यसमिति सह–कोषाध्यक्ष
 
विशेष गरेर महासंघको स्थायित्वका लागि मेरो उम्मेदवारी हो । यसमा महासंघको आफ्नै भवन निर्माण भइरहेको छ । भवन निर्माणलाई पूर्णता दिन र महासंघलाई आर्थिक रुपमा बलियो बनाउन काठमाडौं विद्युतीय व्यवसायी संघको सिफारिसमा मैले कोषाध्यक्षमा उम्मेदवारी दिएको हुँ । अर्कोतर्फ महासंघमा आवद्ध भएका सम्पूर्ण जिल्लासंघहरु आर्थिक रुपमा बलियो भइसकेका छैनन् जिल्ला संघहरुलाई आर्थिक रुपमा सवल र सक्षम बनाउन पनि मेरो उम्मेदवारी हो । 
 
विगत लामो समय देखि जिल्ला संघ र विभिन्न संस्थाहरुमा क्रियाशिल भएर काम गरेको अनुभव छ । ति अनुभवलाई महासंघका भइरहेका काम कार्ययोजना पुरा गर्ने र नयाँ ल्याउने विषय मेरा लागि महत्वपूर्ण विषय रहन्छन् ।
महासंघले व्यावसायिक क्षेत्रलाई समय सापेक्ष प्रवर्धन गर्दै देशभरका विद्युतीय व्यवसायीहरूको आवश्यकता, समस्या लगायतका विषयमा आवाज उठाउँदै आएको छ ।  
 
महासंघले आवश्यकता अनुरुप व्यवसायीहरूको व्यावसायिक प्रर्वद्धन, नेतृत्व विकास, कर, भ्याट तथा लेखा सम्बन्धि तालिम गर्दै आएपनि यसलाई अझ समय सापेक्ष वृद्धि गर्ने र प्रभावकारी बनाउन कोषाध्यक्ष भएपछि मेरो महत्वपूर्ण भुमिका निर्वाह हुने प्रतिबद्धता जनाउन चाहान्छु ।
 
प्रकाश चन्द्र पाण्डे
वर्तमान कार्यसमितिका सदस्य
 
नेपाल विद्युतीय व्यवसायी महासंघको कोषाध्यक्ष पदमा उम्मेदवारीमा दर्ता गर्दै गर्दा आफु भन्दा पनि रुपन्देही विद्युतीय व्यवसायी संघको प्रतिनिधित्व हुने मैले महशुस गरेको छु । कोषाध्यक्षमा नै उम्मेदवारी किन ? भन्ने प्रश्नमा हामीले महासंघमा गर्नुपर्ने कामहरु थुप्रै छन् । महासंघको भवन निर्माणाधिन छ त्यसको समयमा नै निर्माण पुरा गर्न पनि मेरो उम्मेदवारी हो । कोषाध्यक्षको काम, कर्तव्य र अधिकार मध्ये सदस्यता विस्तार र जिल्ला संघहरुलाई अझ सबल र बलियो बनाउन मेरो उम्मेदवारी हो । 
 
देशभरका २३ वटा जिल्ला संघहरु महासंघमा जोडिदै गर्दा कर्णाली प्रदेशमा महासंघको कुनैपनि जिल्ला संघ नरहेको अवस्था र जोडिएका जिल्ला संघहरु पनि सक्रिय नभएको अवस्थामा यी जिल्ला संघहरुलाई आगामी दिनमा सक्रिय बनाउन र कर्णाली प्रदेशमा पनि संघ विस्तार गर्न मेरो उम्मेदवारी हो ।
 
आफु रुपन्देही विद्युतीय व्यवसायी संघको नेतृत्व सम्हाल्दै गर्दा मिनी महासंघ जस्तो क्रियाशिल बनाउन सफल भएका थियौं । आफ्नै कार्यकालमा सामाजिक उत्तरदायित्व बोध गरे र संघको भवन र क्रियापुत्री भवन निर्माण गरिसकेका छौ । 
 
मेरै कार्यकालमा जिल्ला संघमा ६ वटा नगरसँघ आवद्धता गराएका छौ यिनै आफ्नो भुमिकाको सुनौलो अनुभवलाई बटुलेर महासंघको कार्यसमिति भित्र प्रवेश गरेको हुँ । विगतका मेरा राम्रा काम र अनुभवलाई अनुसरण गरेर मलाई महासंघको तेहौं वार्षिक साधारण सभा र पाँचौं महाधिवेशनबाट अध्याधिक बहुमतले विजयी गराईदिनुहुने छ भन्ने आशा गरेको छु  ।

प्रतिक्रिया