भर्खरै

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरुः बैठकमा कनेक्टीभिटी, बिजुली व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुने

  • प्रकाशित मिति : सोम, फागुन १, २०७९
  • - विद्युत संसार साप्ताहिक
title
काठमाण्डौ, फागुन । नेपाल भारत परराष्ट्र सचिवस्तरीय बैठक काठमाण्डौको एक होटलमा सुरु भएको छ । 
 
बैठक केहीबेरअघि एक होटलमा सुरु भएको हो । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासहित मन्त्रालयका कर्मचारी सहभागी रहेका छन् । बैठकमा कनेक्टीभिटी, बिजुली व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुने बताइएको छ ।
 
परराष्ट्र सचिव पौडेलको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणका क्रममा आज आइपुग्नुभएका क्वात्रा काठमाण्डौ आएलगत्तै दुई देशबीचको सचिवस्तरीय बैठकमा सुरु भएको हो ।  
 
सचिवस्तरीय बैठकपछि आजै परराष्ट्र मन्त्रालयले आफ्नो सम्मानमा आयोजना गरेको दिवाभोजमा भारतीय विदेश सचिव क्वात्रा सहभागी हुनुहुनेछ । भोजपछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री डा. विमला राई पौड्यलासँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने क्वात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुहुने र आज नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको बताइएको छ ।  
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago