भर्खरै

राष्ट्रिय सहमति आवश्यक

  • प्रकाशित मिति : बुध, फागुन ३, २०७९
  • - विद्युत संसार
title
काठमाडौं ३ फागुन । देशमा राजनैतिक स्थिरता नहुँदा आम जनतामा निरासा बढ्दो छ । तात्कालिन शेरबहादुर देउवाको सरकारले समयमा नै स्थानीय, संघ र प्रदेशको निर्वाचन शान्तिपूर्ण रुपमा गर्न सफल भयो । तर कुनैपनि दले बहुमत ल्याउन नसक्दा निर्वाचन मतपरिणामले तेस्रो स्थानमा पाएको नेकपा माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेको अन्य पार्टीको सहयोगमा  प्रधानमन्त्री हुनुभएको छ । राजनैतिक सहमति गरेर प्रचण्ड प्रधानमन्त्री हुनुभएको छोटो समयमा नै राजनीतिले फरक मोड लिएको आंकलन गर्न सकिन्छ ।
 
 प्रधानमन्त्री माओवादीलाई दिएर आफ्नो पार्टीबाट राष्ट्रपति बनाउने एमाले सहित सत्ता साझेदार दलको आयोजना आजभोलि फरकमोड लिंदा देशको राजनीति फागुन २५ गते हुने भनिएको राष्ट्रपति निर्वाचन सम्म के हुने हो कुनै भर छैन् । किनकी एमालेले आफ्नो अडान राखिरहँदा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने बताउँदै आउनुभएको छ भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि राष्ट्रपति आफ्नो भागमा पार्न विभिन्न राजनैतिक बाटो हेरिरहेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणले देशभित्र अर्थतन्त्र देखि अनेक समस्या सिर्जना भएका छन् । तर राजनैतिक दलहरु राष्ट्रिय हित भन्दा आफ्नो स्वर्थ अनुरुप अघि बढ्दा अनेक समस्याकै कारण नेपाली जनताले हरेकजस्तो क्षेत्रमा विभिन्न सास्ती तथा कठिनाइ भोग्नु परिरहेको अवस्था कसैबाट लुकेको छैन । मुलुकले आमनिर्वाचन सम्पन्न गरेर सङ्घीय तथा प्रदेश सभाले पूर्णता पाइसकेको अहिलेको समयमा राष्ट्रिय दलका नेताहरूबीच मुलुकको समृद्धिका निम्ति विभिन्न योजना, मार्गदर्शन तथा कार्यक्रमका सम्बन्धमा विचार आदान प्रदान गर्नुपर्ने महत्वपूर्ण समय हो ।
 
 प्रतिनिधि सभाका बैठकमा बोल्ने अधिकांश सांसदको जोड पनि राष्ट्रिय सहमतिमा नै रहेको पाइएको छ । मुलुकलाई आर्थिक उन्नतिको मार्गमा अग्रसर गराउन तथा मुलुकका विभिन्न समस्या समाधान गर्न राष्ट्रिय सहमति अपरिहार्य विषयवस्तु भएको सांसदको भनाइ प्रधानमन्त्रीको दृष्टिकोण अनुसार नै हो । राष्ट्रिय सहमति समय सापेक्ष तथा निकै महत्वपूर्ण विषय मान्न सकिन्छ । दलबीचको राष्ट्रिय सहमतिले नै मुलुकका यावत् समस्या निराकरण गर्न सरकार तथा सम्बद्ध पक्षलाई आड, भरोसा तथा जोड प्राप्त हुने विषयमा शंका छैन । राष्ट्रिय सहमति नै राष्ट्रसामु आउने हरेक समस्या समाधान भएकोले राजनैतिक दलहरुले आफ्नो स्वार्थ भन्दा माथि उठेर मुलुक तथा जनताप्रतिको प्रतिबद्धतालाई आत्मसाथ गरेर हरेक विषयमा राष्ट्रिय सहमति खोज्नु आजको आवश्यकता हो । अब आउँदै गरेको राष्ट्रपति निर्वाचनमा पनि आफ्नो पार्टीगत भन्दा पनि माथि उठेर आज जनताले चाहे अनुरुपको एक इमान्दार र राष्ट्रियबोध भएको व्यक्तिलाई बनाउन हरेक दलले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago