नयाँ कार्यसमितिले चाल्नु पर्ने कदम

  • प्रकाशित मिति : बुध, फागुन ३, २०७९
  • - विद्युत संसार
title

काठमाडौं ३ फागुन । विद्युतीय व्यवसायी क्षेत्रमा प्रत्यक्ष संलग्न भई व्यवसायीहरुको हक हितका लागि कार्य  गदैं आएको नेपाल विद्युतीय व्यवसायी महासंघ देशभर छरिएर रहेको विद्युतीय व्यवसायीहरु को छाता संगठन हो । देश निर्माणमा अहम् भुमिका निर्वाह गर्ने विद्युतीय व्यवसायीहरुको माग, आवश्यकतालाई सम्बोधन गर्दै व्यावसायिक क्षेत्रमा रहेको समस्यालाई पन्छाउँदै लामो समय देखि महासंघ अगाडि बढेको छ । 
 
नेपाल विद्युतीय व्यवसायी महासंघको १३ वार्षिक साधारण सभा एवं ५ औं महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । अध्यक्षमा रेशम प्रसाद देवकोटा सर्वसम्मत हुनुभएको थियो कोषाध्यक्ष, सह कोषाध्यक्ष, कार्यसमिति सदस्य र प्रदेश कार्यसमिति सदस्यहरुमा प्रदेश १ बाट बाहेक सबै पदमा सर्वसम्मत निर्वाचित भएका हुन । चुनाव नै प्रजातन्त्रको सुन्दर पक्ष हो जसले संस्था बलियो हुन्छ । अब सबैलाई चुनाव पछि रिस राख्ने प्रवृत्तिबाट मुक्त संस्थाको पदाधिकारीले मात्र गर्नुपर्छ भन्ने व्यवहारलाई त्याग्नु पर्दछ । यस विषयमा सबैले साथ र सहयोग गर्नु आवश्यक छ । तीन वर्षका लागि निर्वाचित नयाँ नेतृत्वले महासंघमा काम गर्नुपर्ने जिम्मेवारी धेरै छन् । अघिल्लो कार्यसमितिको कार्यकालमा कोरोना महामारी देखि आर्थिक मन्दीको सामनाको बीच पनि आफ्नै भवन निर्माण देखि फिन इलेक्ट्रो टेक सफलता पूर्वक सम्पन्न गर्न सफल भएका छन् । 
 
नवानिर्वाचित नेतृत्वले आफ्नो सबै भन्दा ठूलो जिम्मेवारीको रुपमा महासंघको निर्माणाधिन भवनलाई समयमा नै पुरा गर्नुपर्ने चुनौती छ । मुख्य गरी देशभर फैलिएर रहनुभएका सम्पूर्ण विद्युतीय व्यवसायीहरुको हकहितको लागि अविभावकको भुमिका निर्वाह गर्नुपर्ने भएता पनि आजको अवस्था केही फरक छ कोरोना महामारीले असर पु¥याएको व्यापार व्यवसायलाई पुन आर्थिक मन्दीले समस्या निम्त्याएको हँुदा व्यवसायी प्रति महासंघको भुमिका अझ बढेको छ ।  
 
महासंघले आगामी दिनमा व्यवसायी साथीहरु हक र हितको लागि जस्तै अहिले भोगिरहेको बैंक (एकीकृत महसामन्त) हरु संग समन्वय गर्दै समस्या हल गर्नका लागि समन्वयकारी भुमिका आजको आवश्यकताको रुपमा अगाडि सरेको छ ।
 
ठूला जिल्ला तथा नगर संघहरुले साना जिल्ला तथा नगर संघहरुलाई अवसर दिने, सहयोग गर्नु उचित हुन्छ । व्यवसायी प्रतिस्पर्धा भन्दापनि गुणस्तरीय सामग्री बिक्रि वितरणको प्रतिस्पर्धाको आवश्यकता महासंघले मनन गर्नु आवश्यक छ । अर्कोतर्फ देशभरका विद्युतीय व्यवसायीहरुलाई आजको आधुनिक र प्रविधि आधारमा आफ्नो व्यवसाय सञ्चालन गर्नका लागि विभिन्न किसिमका तालिम प्रदान गर्नुपर्दछ । विद्युतीय व्यवसायीहरु आर्थिक र प्राविधिक रुपमा बलियो भयो भने राज्य बलियो हुन्छ । 
 
व्यवसायीका मागहरु महासंघले नेपाल सरकारका निकायहरु, उद्योग वाणिज्य महासंघ लगायत अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुसँग सहकार्य गर्दै आएका छांै । यसलाई नयाँ नेतृत्वले अझ प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यकता छ ।
 
विद्युतीय व्यवसायलाई बढाउनका लागि आयात भन्दा पनि स्वदेशमा नै उत्पादन गर्न सके देशमा रोजगारीको अवसर सिर्जना हुनुका साथै नेपाललाई आर्थिक समृद्धिको बाटो तर्फ अघि बढाउन सहयोग पुग्ने देखिन्छ । यस विषयमा महासंघको अघिल्ला नेतृत्वले पनि ठूलो भुमिका निर्वाह गर्दै आएका थियौं अब महासंघको पाँचौं महाधिवेशनबाट निर्वाचित नेतृत्वहरुले पनि समय सापेक्ष व्यवसायी प्रवद्र्धधन र स्वदेशमा नै गुणस्तरीय सामग्री उत्पादनलाई जोड दिने विषयमा विशेष भुमिका निर्वाह गर्न नितान्त आवश्यक छ ।

प्रतिक्रिया