भर्खरै

फुकोट कर्णाली जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा

  • प्रकाशित मिति : बिही, फागुन ४, २०७९
  • - रासस
title
मान्म, ४ फागुन । फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । गत वर्षदेखि थालिएको सुरुङ निर्माण काम अन्तिम चरणमा पुगेको हो । 
 
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ निर्माण हुने चार सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना २०७३ सालमा निर्माण गरी सक्ने लक्ष्य राखेको छ । फुकोट कर्णाली हाइड्रोका लागि पनि दुवैतर्फ पाँच सय २० मिटर सुरुङ खन्नुपर्नेमा चार सय ८० मिटर खनी सकिएको अब ४० मिटर मात्र परीक्षण सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख हीरावान वाइबाले बताउनुभयो । 
 
“जलविद्युत् आयोजनाका लागि सुरुङ निर्माण गर्नुअघि, त्यसको सम्भाव्यता अध्ययनस्वरुप परीक्षण सुरुङ खन्ने गरिन्छ ।” उहाँले भन्नुभयो, “सुरुङ बनाउने पहाडभित्र त्यसका लागि उपयुक्त छ वा छैन भनेर परीक्षणका लागि सुरुङ खन्ने गरिन्छ ।”
 
कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको सिस्नेगडामा एक सय ६० मिटर अग्लो बाँध हालेर बनाइने जलाशयबाट १२ किलोमिटर सुरुङमार्फत भौतेगडामा पानी खसाएर पावर हाउस निर्माण हुने फुकोट कर्णाली जलविद्युत् आयोजनाले जनाएको छ । 
 
परीक्षण सुरुङ निर्माण गरिसकिएपछि आयोजना सुरुआत गर्दाका तथ्याङ्क र अहिले फेला परेको अवस्थाका विषयमा पुनः परीक्षण हुने आयोजना प्रमुख वाइबाले जानकारी दिनुभयो । “रक मेकानिकल टेस्ट पनि गरिन्छ ।” उहाँले भन्नुभयो, “अहिलेसम्म खनिएको सुरुङ हेर्दा चट्टानी भाग निकै राम्रो फेला परेको छ । जमिनभित्र पावर हाउस निर्माण गरिने भएकाले त्यसका लागि पनि उपयुक्त हुने अनुमान गरिएको छ ।”
 
आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधि प्रयोग गरिएको आयोजनाका प्रमुख वाइबाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago