भर्खरै

विद्युत् प्रयोग बढाएर अर्थतन्त्रमा सुधार गर्न सकिने

  • प्रकाशित मिति : शुक्र, फागुन १२, २०७९
  • - रासस
title
ताप्लेजुङ, फागुन । प्रदेश नं १ का खानेपानी, सिँचाइ, तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले मुलुकको अर्थतन्त्र सुधारका लागि विद्युत् अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभएको छ । खाना पकाउनदेखि सवारीसाधनमा समेत विद्युत् प्रयोग बढाउनसके अर्थतन्त्रमा गुणात्मक सुधार आउन सक्नेमा उहाँले जोडभयो ।
 
प्रेस चौतारी नेपाल ताप्लेजुङ शाखाले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री मेन्याङ्बोले विद्युतीय उपकरणको प्रयोग र चार्जिङ स्टेशन विस्तार गर्ने विषय आफ्नो प्राथमिकतामा परेको स्पष्ट पार्नुभयो । विद्युतीय सवारीसाधन र विद्युतीय चुल्होको प्रयोग बढाउनसके पेट्रोलियम पदार्थका लागि ठूलो रकम खर्च गर्न नपर्नेमा जोड दिँदै उहाँले आफ्नै देशमा हुने विद्युत् खपतले अर्थतन्त्रमा सुधार आउनाका साथै यसले वातावरण स्वच्छ राख्नसमेत मद्दत पुग्ने उहाँको भनाइ थियो । 
 
विद्युतीय सवारीसाधनको प्रयोग बढाउनका लागि प्रदेशभरका जिल्लामा चार्जिङ स्टेशन विस्तार गर्ने योजनामा आफू रहेको  र यस्तै स्वच्छ तथा गुणस्तरीय खानेपानीे उपलब्ध गराउन पनि आफूले ध्यान दिएको मन्त्री मेन्याङ्बोले बताउनुभयो । 
कुनकुन क्षेत्रमा खानेपानीको अभाव र मुहान उपलब्ध छ भन्ने तथ्याङ्क लिएर सोहीअनुसार प्रदेश सरकारले योजना बनाउने पनि उहाँले जोड दिनुभयो । मन्त्री भएपछि पहिलो पटक गृह जिल्लाका पत्रकारसँग कुराकानी गर्ने क्रममा मन्त्री मेन्याङ्बोले प्रदेशको नामकरणलगायत विषय टुङ्ग्याउन पनि हालको सरकार र सदन प्रयासरत रहेको छ भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago