भर्खरै

Norisys स्वीच अत्यन्त उत्कृष्ट क्वालिटिको उत्पादन हो

  • प्रकाशित मिति : बुध, फागुन १७, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, १७ फागुन । म्याक्स् इन्टरप्राईजेज भोटेबहालबाट विगत पाँच वर्ष देखि विद्युतीय सामग्री बिक्रि वितरण गर्दै आएका छौ । हामीले विद्युतीय तार, स्वीच लगायत घर तथा भवनहरुमा आवश्यक पर्ने हरेक विद्युतीय सामग्रीहरुको बिक्रि वितरण गर्दै आइरहेका छौं ।  
 
Norisys स्वीच मोडुलर स्वीच हुन् यसमा क्यूव र स्वक्यार गरी दुई वटा सिरिज छन् । स्वक्यार सिरिज  स्वीच घरायसी प्रयोजनामा बढी प्रयोग हुन्छ । क्यूव सिरिज स्वीच स्क्वायर सिरिज स्वीच भन्दा महँगो पर्दछ । यो स्वीच अत्यन्त उत्कृष्ट क्वालिटिको उत्पादन हो । ल्यचष्कथक कम्पनीले दुई सेरिज अन्तर्गत स्वीच,सकेट,प्यान रेगुलेटर एण्ड डिमर,कम्युनिकेशन एण्ड सपोट,हस्पिटाली मोडुल्स,सिंगल फेज मोटर स्र्टाटर,मोडुलर एमसिबी लगायत प्रोडक्टहरु बजारमा ल्याएको छ । यी स्वीचहरुमा कम्पनीको तर्फबाट १० वर्षको वारेन्टी समेत रहेको छ । 
 
 
हालसालैको अवस्थालाई मध्यनजर गर्दा यो स्वीचहरुको बजार अवस्था अलि कम नै रहेको छ तर छिट्टै यो स्वीचहरुले राम्रो बजार पाउने विश्वासमा छौं । यो स्वीचहरु स्क्वायर स्वीचमा अहिले मार्वल कलर ,ग्रेह्वाइट म्यारोन कलर लगायतका कलरहरुमा पाइन्छ । ठुलो अर्डर आएमा हामीले अर्डर अनुसार कलरहरु पनि दिने गरेका छौं । 
 
यस कम्पनीको स्थापना सन १९११ देखि निरन्तर विश्व बजारमा प्रभुत्व जमाउन सफल परिचित ब्राण्ड हो । यो कम्पनीका प्रोडक्टहरुमा आर्कषक डिजाईन,वातावरण अनुकुलित ब्राण्ड,बाई मेटिरियल फ्रेम जसमा स्वीच र बक्समा आर्कषक डिजाइन सहित स्टील र प्लाष्टिक द्धारा रिजिट गरी बनेको हुन्छ । त्यसैगरी स्वीच सकेटहरुमा थर्मोसेट कच्चापदार्थ जसमा आगो नलाग्ने पोलिकार्बोनेट उच्च गुणस्तरका कच्चा पदार्थ बाट निर्मित प्रोडक्ट हो । 
 
मूल्यको हिसाबले हामीले बिक्रि गर्ने यी स्वीचहरु क्यूव सिरिज स्वीच महँगो रेन्जमा नै पर्न जान्छ भने स्क्वायर सिरिज स्वीच लो रेन्जमा पर्न जान्छ । यी स्वीचहरु प्राय फाइव स्टार होटल, सरकारी भवन, हस्पिटल, अर्पाटमेन्ट  जस्ता महत्वपूर्ण ठाँउहरुमा यस स्वीच बढी मात्रामा प्रयोग भएको छ । 
 
 
हामी व्यवसायीहरुलाई हालको बजारमा देखिन गएको समस्यालाई मध्यनजर गरी सरकारको तर्फबाट बैकहरुबाट व्यवसायीहरुलाई वर्षभरि नै एउटै व्याजदर कायम गराउनुका साथै विद्युतीय सामग्री आयात गर्दा लाग्ने भन्सार शुल्क घटाई दिए हामीलाई निकै सहज हुने थियो र नेपाली जनताले सहज मूल्यमा खरिद गर्न सकिन्थ्यो ।
 
म्याक्स् इन्टरप्राइजेज/लाइफ लाइटिङ्ग इन्टरप्राइजेजका सिइओ सक्षम अग्रवालसँग विद्युत संसार साप्ताहिक पत्रिकाका सम्पादक भीमलाल श्रेष्ठले गर्नुभएको कुराकानीमा आधारित...

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago