भर्खरै

बैंकको ब्याजदर विरुद्ध उद्योगी व्यवसायीको प्रदर्शन

  • प्रकाशित मिति : आइत, फागुन २८, २०७९
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २८ फागुन ।  बैंक तथा वित्तीय समस्या समाधानका लागि भन्दै उद्योगी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । बैक तथा वित्तिय समस्या संघर्ष समिति (नेपाल)ले बैंक तथा वित्तिय समस्या समाधानार्थ सरकार नियमन निकाय र बैँक तथा वित्तियसंस्थाहरुको ध्यानकर्षण गर्न आइतबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । 
 
विरोध प्रदर्शनमा नेपाल विद्युतीय व्यवसायी महासंघको समेत सहभागीता रहेको थियो । प्रदर्शनमा महासंघ लगायत विभिन्न जिल्लाका उद्योग वाणिज्य संघ लगायतका संस्थाहरुको उल्लेखनिय उपस्थितिमा विरोध प्रदर्शन भएको हो । 
 
 ब्याजदरमा स्थिरता कायम गर्नुपर्ने, चालू पुँजी निर्देशका स्थगित गर्नुपर्ने, मौद्रिक नीति परिमार्जन गर्नुपर्ने, प्रिमियम दर वृद्धि नियन्त्रण गर्नुपर्ने उद्योगी एवं व्यवसायीहरुको माग गरेका छन् ।
 
देशमा भएको बैंक तथा वित्तिय समस्याहरु व्याजमा अप्राकृतिक वृद्धि, लगानी योग्य पूँजी र तरलताको अभाव, बैँकहरुको मनपरी आधार दर, आधारदरमा मनपरी प्रिमियम दर थप गर्ने बैंकको गलत अध्यास, आयातमा अवरोध, अव्यवहारिक चालुपूँजी कर्जा मार्ग निर्देशिका लगायत  समस्याकालगि सरकार, नियमन निकाय र बैँक तथा वित्तियको ध्यानकर्षण नभएको भन्दै भन्दै उद्योगी व्यवसायीहरुले सडक आन्दोलन देखि विभिन्न विरोधका कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।
 
आइतबार भएको विरोध प्रदर्शनमा बैकिङ आतंक बन्द गर, ब्याजदर हामीलाई चर्को भो ! गरिखान गाह्रो भो !, प्रिमियमदर वृद्धि नियन्त्रण गर लगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका छन् ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago