भर्खरै

देश विकासमा पूँजीगत खर्च आवश्यक

  • प्रकाशित मिति : बुध, चैत १५, २०७९
  • - विद्युत संसार
title

काठमाडौं १५ चैत । आर्थिक वर्षको समय घर्किसक्दा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेटको खर्च भने अत्यन्त न्यून छ । चालु आर्थिक वर्ष २०७८/०७९ सकिन करिब साढे ३ महिना बाँकी रहँदा विकास (पूँजीगत) खर्च २४.१२ प्रतिशतमा सीमित छ । महालेखा नियन्त्रक कार्यालयको आँकडाअनुसार सरकारले अहिले ९१ अर्ब १७ करोड रुपैयाँ मात्र खर्च गर्न सकेको छ । यस्तो दयनीय अवस्था भएको सरकारले बजेटको मध्यावधि समीक्षामा विकास बजेटको खर्च ३ खर्ब ८० अर्बबाट घटाएर ३ खर्ब १३ अर्ब ८५ करोड रुपैयाँमा मात्र हुने अनुमान सार्वजनिक गरिसकेको छ । सुरुको विनियोजनअनुसार विकास बजेट खर्च गर्न सरकारले अब दैनिक ३ अर्ब ५५ करोड रुपैयाँ खर्च गर्न सक्नुपर्छ । यसले देखाउँछ– विकास निर्माणको काम कछुवा गतिमा छ । सडक, पुलपुलेसा, सिंचाई, खानेपानी, विद्युत् आयोजनालगायत विकास निर्माणका काम सुस्त भएपछि देशको पूर्वाधार निर्माणमा फड्को मार्ने समय पनि खेर गइरहेको छ ।
 
त्यसो त, विकास निर्माणमा जाने पूँजीगत खर्च कम भएको यस वर्ष मात्र होइन । अघिल्ला आर्थिक वर्षहरुमा पनि यस्ता समस्या भइरहने गरेका छन् । देशको विकास साधारणतया कहिले, कसरी र कहाँ पूँजीगत खर्च, लगानी वा प्रयोग गरिन्छ त्यसमा निर्भर रहन्छ । पूँजीगत खर्चले देशका नागरिकलाई रोजगारीको सृजना गर्छ, जनताको जीवनस्तरमा वृद्धि गराउँछ र समग्र देशको विकासमा टेवा पु¥याउँछ । तर नयाँ राजनीतिक समीकरण र धेरै मन्त्रीहरुको फेरबदलले कर्मचारीतन्त्र विकास बजेट खर्चको दर बढेको छैन । कतिपय विकासे अड्डा बजेटका कार्यक्रम पन्छाएर ठेक्का लगाउन थप स्रोत सुनिश्चितता र रकमान्तर खोज्दै अर्थ मन्त्रालय धाइरहेका छन् । यस्तो प्रवृत्तिका कारण विकास खर्च विगतकै जस्तो बन्न पुगेको छ ।
 
सरकार आपैmले पूँजीगत खर्चका लागि छुट्याइएको रकम एकातिर समयमा खर्च गर्न सक्दैन भने अर्कोतिर विकास आयोजनाको रकम समयमा नै निकासा गरिरहेको हुँदैन । आर्थिक वर्षका अन्तिम दिनहरूमा बजेट सक्न हतारमा हारहुर खर्च गर्ने प्रवृत्ति छ । बजेट रित्याउन गुणस्तरहीन काममा खर्च गरिने भएकाले आर्थिक वर्षको पुछारतिर हुने पूर्वाधार निर्माणको कामलाई ‘असारे विकास’ नाम दिइन्छ । “खर्चमा अहिलेसम्मको सुस्तता हेर्दा यो वर्ष पनि असारे विकासले निरन्तरता पाउने देखिन्छ । यस्तो प्रवृति देश विकासका लागि नै नकारात्मक सन्देश हो यसैले बजेटमा छुट्याईएको बजेट समयमा नै खर्च हुन सक्ने हो भने देश विकासमा ठूलो परिर्वतन देख्न सकिन्छ । यसका लागि सम्पूर्ण राजनैतिक दलहरुले दलगत र व्यक्ति फाईदा भन्दा माथि उठेर कामकार्य गर्न आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 9 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 14 hours ago