भर्खरै

संघको सातौं अधिवेशन चैत २५ गते हुँदै, निर्वाचन तालिका सार्वजनिक

  • प्रकाशित मिति : बुध, चैत १५, २०७९
  • - विद्युत संसार
title
काठमाडौं १५ चैत । काठमाडौं विद्युतीय व्यवसायी संघको तेह्रौं वार्षिक साधारण सभा एवं सातौं अधिवेशन हुने भएको छ । संघले एक सूचना जारी गर्दै संघको साधारण सभा एवं अधिवेशन चैत २५ गते शनिबार सूर्य इभेन्ट धुम्बाराहीमा हुने जनाएको छ ।
 
वर्तमान कार्यसमितिको दुई वर्ष कार्यकाल सकिएसँगै अधिवेशनले नयाँ कार्यसमिति सदस्य पाउँदैछ । निर्वाचनका लागि संघले निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन तालिका अनुसार अन्तिम मतदाता नामावली प्रकाशन चैत २४ गते शुक्रबार २ बजे गरिने छ । जसका लागि उम्मेदवारी मनोनयन पत्र वितरण चैत १९ आइतबार उम्मेदवारी मनोनयन पत्र दर्ता २० गते अपराह्न ३ बजे, मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको नामावाली प्रकाशन सोही दिनकै ४ बजे, उम्मेदवारको दाबी विरोधमा उजुरी दिन सक्ने २१ गते एक बजे, उम्मेदवारहरुको नामावली प्रकाशन सोही दिनको २ बजे र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन २२ गते अपराह्न २ बजे तोकिएको छ । संघले प्रकाशित गरेको सूचना अनुसार मतदान बन्दसत्र समापन लगतै साधारण सभा हलमा सुरु हुने जानकारी दिइएको छ । 
 
संघले अधिवेशनका लागि संघको सदस्यको हैसियतले आफ्नो फर्म÷कम्पनीको तर्फबाट प्रतिनिधित्व हुने गरी संघको विधानको परिच्छेद–४ दफा ११ उपदफा ४ (ग) अनुसार नियुक्त गरी लिखित प्रतिनिधि पठाउन सदस्यहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 days ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 days ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 days ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago