अव्यवस्थित तार हटाउन कामपाको निर्देशन

  • प्रकाशित मिति : बुध, बैशाख १३, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, बैशाख । काठमाडौं महानगरपालिकाले सडकमा रहेको अव्यवस्थित तार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । 
 
महानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक आवागमनमा असर परेको र आगलागी लगायतको जोखिम बढेको भन्दै अनावश्यक तार हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । 
यसअघि निर्णय कार्यान्वयनका लागि पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि काम नभएको महानगरपालिका सूचनामा उल्लेख गरिएको छ । 
 
महानगरले बिजुली, टेलिफोन,इन्टरनेट तथा केवल सेवा प्रदायक  निकाय तथा संघ संस्थाले पोलमा गुजुल्टो बनाएर राखेका,चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैं हटाउन र आवश्यक तारलाई सड्ढेत चिन्ह लगाउन निर्देशन दिएको छ । 
 
महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैले हटाउने उल्लेख छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ ।

प्रतिक्रिया