अव्यवस्थित तार हटाउन कामपाको निर्देशन
- प्रकाशित मिति : बुध, बैशाख १३, २०८०
- - विद्युत संसार संवाददाता

काठमाडौं, बैशाख । काठमाडौं महानगरपालिकाले सडकमा रहेको अव्यवस्थित तार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।
महानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक आवागमनमा असर परेको र आगलागी लगायतको जोखिम बढेको भन्दै अनावश्यक तार हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
यसअघि निर्णय कार्यान्वयनका लागि पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि काम नभएको महानगरपालिका सूचनामा उल्लेख गरिएको छ ।
महानगरले बिजुली, टेलिफोन,इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघ संस्थाले पोलमा गुजुल्टो बनाएर राखेका,चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैं हटाउन र आवश्यक तारलाई सड्ढेत चिन्ह लगाउन निर्देशन दिएको छ ।
महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैले हटाउने उल्लेख छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ ।