भर्खरै

अव्यवस्थित तार हटाउन कामपाको निर्देशन

  • प्रकाशित मिति : बुध, बैशाख १३, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, बैशाख । काठमाडौं महानगरपालिकाले सडकमा रहेको अव्यवस्थित तार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ । 
 
महानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै सार्वजनिक आवागमनमा असर परेको र आगलागी लगायतको जोखिम बढेको भन्दै अनावश्यक तार हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । 
यसअघि निर्णय कार्यान्वयनका लागि पटक–पटक पत्र पठाएर ताकेता गर्दा पनि काम नभएको महानगरपालिका सूचनामा उल्लेख गरिएको छ । 
 
महानगरले बिजुली, टेलिफोन,इन्टरनेट तथा केवल सेवा प्रदायक  निकाय तथा संघ संस्थाले पोलमा गुजुल्टो बनाएर राखेका,चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैं हटाउन र आवश्यक तारलाई सड्ढेत चिन्ह लगाउन निर्देशन दिएको छ । 
 
महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैले हटाउने उल्लेख छ । अव्यवस्थित तारबाट सिर्जना हुनसक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago