भर्खरै

समयमा नै पुस्तक

  • प्रकाशित मिति : बुध, बैशाख १३, २०८०
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, बैशाख । देशको शैक्षिक क्षेत्रमा नयाँ वर्षसँगै यो वर्षको सुखद् सुरुवात देखिएको छ । अघिल्ला वर्षहरुमा जस्तो परिक्षा आउने बेलामा मात्र पुग्ने पुस्तक यो वर्ष विद्यालय तहको नयाँ शैक्षिक सत्रको नयाँ कक्षामा भर्ना हुँदासाथ विद्यार्थीले पाठ्यपुस्तक पाउँदा मुलुक र सरकारले नै सकारात्मक उपलब्धि हासिल गरेको छ । शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक समयमा नपाउँदा पठनपाठन प्रभावित हुने देखि समयमै पर्याप्त पुस्तक नहुँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित हुन पुग्दाको तितो अनुभवलाई यो वर्ष भने विकट क्षेत्रमा पनि समयमा नै पुस्तक पुगेको छ ।
 
अहिले त सङ्घीय राजधानी काठमाडौँ मात्र होइन, एउटै प्रदेश÷क्षेत्रको केन्द्रबाट समेत टाढा, पिछडिएको कर्णालीलगायत हिमाली क्षेत्रलाई भर्नाकै समयमा पाठ्पुस्तक उपलब्ध गराउने प्राथमिकता निर्धारण गरी काम भयो । वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा पनि यो विषय प्राथमिकतामा राखियो । स–साना कार्य प्रणाली सुधारले पनि ठूलो सुधार र प्रगतिको लक्ष्य दिलाउँछ । यस पटक कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रणलाई दिइएको थियो । जनक शिक्षा सामग्री केन्द्रमा तीनवटा मेसिन थपिएको, समयमै कागज खरिद र त्यस प्रक्रियामा सरकारको सहजीकरण, कामदारको उचित प्रबन्ध, चालु पुँजी पनि उपलब्ध भएको, दुर्गममा पहिला र सुगममा पछाडि ढुवानी प्रणाली, छपाइ कार्यमा निजी क्षेत्र सहभागी गराई विकेन्द्रीकरणलगायत सुधारले समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्दै छ ।
 
बैशाख १ गतेदेखि १५ गते शुक्रबारसम्म विद्यालयमा आफैँ आएर भर्ना हुने विद्यार्थीलाई हातमा पुस्तक दिने गरेर भर्ना अभियान सञ्चालन भइरहेको छ । यो वर्ष भर्ना अभियानको नारा ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ छ । भर्ना अभियान चलाउने तर विद्यार्थीलाई पाठ्यपुस्तक लगायत सामग्री पु¥याउन नसक्ने समस्या यो वर्ष सकिएको छ । अब सरकार र सम्बन्धित निकायले गुणस्तरीय शिक्षामा ध्यान दिनु पर्दछ ।
विद्यार्थीलाई ज्ञान, सीप र व्यवहार सिकाउने उद्देश्य, विषय, विधि र मूल्याड्ढनका तरिका तोकेर तयार पारिएको व्यवस्थित पाठ्यक्रम र सो बमोजिमका पाठ्यपुस्तकको आवश्यक पर्दछ । यसले देशभरका विद्यालयमा शिक्षण सिकाइका विषयवस्तुको प्रवाहमा एकरूपतामा सुनिश्चित गर्छ । राज्यले यस पटकझैँ हरेक शैक्षिक सत्रमा गुणस्तरीय पाठ्यपुस्तक पु¥याउन आवश्यक छ । अब पनि सबै पक्षको बल, समन्वय र सहकार्यमा विद्यार्थीलाई समयमै पाठ्यपुस्तक दिलाइनुपर्छ । जसकारण ग्रामिण भेगका विद्यार्थीहरुले पनि गुणस्तरीय शिक्षा पाउनबाट वञ्चित हुनु पर्दैन थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago