निशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न
- प्रकाशित मिति : बुध, बैशाख १३, २०८०
- - विद्युत संसार

काठमाडौं, १३ बैशाख । काठमाडौं विद्युतीय व्यवसायी संघले आयोजना गरेको निःशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संघले गत शुक्रबार काठमाडौंको भोटेबहालमा आफ्ना सदस्यहरुलाई मध्यनजर गर्दै आयोजना गरेको निशुल्क आँखा परिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
विद्युतीय व्यवसायीहरुको केन्द्र भोटेबहालमा गरेको कार्यक्रममा लायन्स आई केयर किल्नीकसँगको सहकार्यमा १ सय १८ जनाले निःशुल्क आँखा परिक्षण गरिएको संघका सचिव श्रीलाल श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा निःशुल्क आँखा परिक्षण, औषधी खरिदमा १० प्रतिशत छुट, चस्मा बनाउँदा विशेष छुट साथै मोतीविन्दु देखिएमा विशेष सुविधा सहित अप्रेशनको सुविधा उपलब्ध गरिएको संघले जनाएको छ ।