संस्थापक अध्यक्ष महाबीर पुनको धर्ना कार्यक्रममा महासंघको एक्केबद्धता–रेशम प्रसाद देवकोटा

  • प्रकाशित मिति : सोम, बैशाख १८, २०८०
  • - विद्युत संसार संवाददाता
title

 
काठमाण्डौं  १८ बैशाख । नेपाल इलेक्ट्रिसियन संघद्धारा १३४ औ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अबसरमा आयोजित रक्तदान कार्यक्रममा नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले  राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष महावीर पुनले सुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष  देवकोटाले  नेपालमा महाबीर पुन जस्ता व्यक्तिहरुको आवश्यकता बढदै गएकोले चाडैनै सरकारले पुनको मागलाई सम्बोधन गरिनुपर्ने बताउनु भयो । नेपालमा गुणस्तरीय विद्युतीय सामानहरुको प्रयोग गर्न संघका सदस्यहरुमा लाई समेत आव्हान गर्नुभयो ।  विद्युतीय क्षेत्रमा पहिलो इन्जिनियरको रुपमा  इलेक्ट्रिसियनहरु रहेको बताउदै संघको विभिन्न गतिविधीमा  महासंघ हरदम तयार रहेको समेत बताउनुभयो ।
त्यसैगरी विशेष अतिथि काठमाण्डौं विद्युतीय व्यवसायी संघका अध्यक्ष दिवेस जैनले व्यवसायी र इलेक्ट्रिसियन एउटै सिक्काको दुई पाटाहरु रहेको बताउदै आवश्यक सहकार्यका साथ अगाडि बढने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
 
संघले ईलेक्ट्रिसियन पेसालाई मर्यदित बनाउन यस्ता सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । २०६४ सालमा स्थापना भएको संघले ईलेक्ट्रिसियनहरुको हक हितमा आवाज उठाउदै संघका सदस्यहरु लाई  समसामयिक तालिम सेमिनार गोष्ठी कार्यक्रमहरु समेत गर्दै आएको छ । हाल संघमा एक हजार तीन सय भन्दा बढी ईलेक्ट्रिसियनहरुले सदस्यता लिएका छन् ।
 
रक्तदान कार्यक्रम व्यवस्थापन बापत न्यूपलाष्स्ट इण्डष्ट्रिज प्रालि नारायणहिटी लालदरबार र इगल मेनपावार कन्सल्टेन्ट महाराजगञ्जको सहकार्य  र कार्यसमिती सदस्यहरु  बाट स्वेचिक नगद रकम समेत बाट कार्यक्रम सम्पन्न गएिको संघका अध्यक्ष  प्रकाश कुमार दाहालले बताउनु भयो ।
 रक्तदान कार्यक्रममा ४ जना महिला  र ४७ पुरुष सहित ५१ जनाले रक्तदानमा सहभागी रहेको र रक्तदानमा सहभागीहरुलाई संघको नाम र लोगो सहित प्रिन्ट गरिएको टि–सर्ट,प्रमाणपत्र समेत बितरण गरिएको अध्यक्ष दाहालले विद्युत संसार सँगको कुराकानीमा बताउनुभयो ।
 
 
    के छ अन्तर्राष्ट्रिय श्रमिक दिवसको इतिहास
 
सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सो आन्दोलनको क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत मजदुरमाथि व्यापक दमन गर्यो । प्रहरीको गोली लागि सात जना मजदुरको मृत्यु भयो । मजदुर आन्दोलनले अन्ततः सफलता समेत हासिल गर्यो ।
 
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसै बेलादेखि  यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।
विश्वका मजदुरले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन् ।
 
नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने  गरेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालियो ।

प्रतिक्रिया