भर्खरै

मोरङ्ग इलेक्ट्रिक संघको १३औं स्थापना दिवस

  • प्रकाशित मिति : बिही, बैशाख २१, २०८०
  • - विद्युत संसार साप्ताहिक
title
काठमाडौं, बैशाख । विद्युतीय व्यवसायीहरुको हकहितको लागि २०६७ सालमा स्थापना भएको मोरङ्ग इलेक्ट्रिक संघले आज एक कार्यक्रमका बीच आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । 
व्यावसायिक हकहितका साथै  सामाजिक गतिविधिहरुमा सक्रिय रहेको यस संघले एक कार्यक्रम आयोजना गरी १३ औं स्थापना दिवस मनाएको हो । 
 
संघले स्थापना दिवसको अवसरमा मोरङ्गको लखनतारी स्थित श्री बेगनलाल निम्न माध्यमिक विद्यालयमा संघद्धारा हाउस वायरिङ्गको काम सकेर स्कूललाई पंखा एवम् विद्यार्थीहरुलाई खाजा वितरण समेत गरेको संघका कार्यवाहक अध्यक्ष राजेश अग्रवालले बताउनुभयो ।
 
संघद्वारा आयोजित विशेष समारोहका अध्यक्षता प्रमुख अतिथि संघका संस्थापक अध्यक्ष गिरधारी नागोरी र अतिथि संघका पूर्व अध्यक्ष एवम् नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव गोपाल अग्रवाल र सल्लाहकार  घनश्याम राठी रहेको थियो ।
 
संघले सामाजिक कार्यहरु गर्ने क्रममा रक्तदान, वृद्धाश्रममा भोजन, न्यानो कपड़ा वितरण, स्टेशनरीका सामग्रीहरु वितरण तथा विद्यार्थीहरुलाई खाजा वितरण समेत गर्दै आइरहेको संघका महासचिव विजय जयसवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago