भर्खरै

विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या

  • प्रकाशित मिति : बुध, बैशाख २७, २०८०
  • - रासस
title
ढोरपाटन, २७ वैशाख । पश्चिम बागलुङका अधिकांश गाउँमा अहिले पनि केन्द्रीय प्रसारण लाइनको विद्य्त पुगेको छैन । स्थानीय लघु जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीकै भरमा स्थानीयवासी छन् । 
 
तमानखोला गाउँपालिका–६ नर्जाखानीमा पनि स्थानीयवासी वर्षौँदेखि लघु जलविद्युत् आयोजनाकै बिजुलीमाथि निर्भर छन् । तर लघु जलविद्युत् आयोजना हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसक्ने र बर्खामा नहर नै बगाइदिने गर्दा स्थानीय मारमा पर्दै आएका छन् । विद्युत् नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित हुने गरेको छ ।
 
वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेक्ट्रोनिक सामान छन् । तर विद्युत् आपूर्ति हुन नसक्दा हस्तलिखित सेवा प्रवाह गर्नुपर्ने बाध्यता छन् । आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो–छरितो बनाए पनि विद्युत्को समस्याका कारण प्रविधिदेखि टाढा हुनुपरेको तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो । जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रासारण विस्तार नगरिँदा यहाँका नागरिकले समस्या खेप्नुपरेको उहाँको भनाइ छ ।
 
उक्त वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीनवटा बस्ती छन् । तीनवटै बस्तीमा तीनवटै साना लघु जलविद्युत् आयोजनाको बिजुली छ । तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तीसमेत बाल्न गाह्रो हुने गरेको छन्त्यालले बताउनुभयो । नर्जाखानीमा ११ किलोवाट क्षमताको बराहगोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाटको खालीखोला लघु जलविद्युत् आयोजना र भित्रिवनमा छ किलोवाटको बराहथानखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा छ । यी सबै लघु जलविद्युत् आयोजनामा दिनभरि पानी जम्मा गर्ने र बिहान–बेलुका बत्तीमात्रै बाल्ने गरी व्यवस्थापन गरिएको अध्यक्ष छन्त्यालको भनाइ छ ।
 
“बर्खामा खोला उर्लेर आउँछ, नहर र विद्युत् गृह बगाएन भने बत्ती बाल्ने हो नत्र अन्धकारमै बस्नुपर्छ, हिउँदमा पानी ह्वात्तै घट्छ”, अध्यक्ष छन्त्यालले भन्नुभयो, “सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने हुन्छ, घटना दर्ता गर्नुपर्ने हुन्छ, बिजुली नै आउँदैन, हातले लेखेर काम गर्नुपर्छ ।”
 
अतिआवश्यक कागजात कम्प्युटरबाट गर्नु परे, विद्युत्गृहमा फोन गरेर एक–दुई घन्टा लाइन मागेर छिटोछिटो गर्नुपर्ने स्थिति रहेको उहाँको भनाइ छ । यस वडामा दुई सय ५० परिवारको बसोबास छ । यहाँस्थित  नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भने सोलार जडान गरिएको अध्यक्ष छन्त्यालले बताउनुभयो । विद्युत् आपूर्ति नहुँदा विद्यालयमा रहेका कम्प्युटर र प्रोजेक्टर थन्क्याउनुपरेको छ । हिउँदमा बिहान एक घन्टा र बेलुकी तीन घन्टा मात्र बत्ती बाल्न सकिने अवस्था छ ।
 
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासेनीले नर्जाखानीलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले छ महिनाभित्र नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिने  बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago