भर्खरै

नयाँ श्रम गन्तव्यको खोजीमा वैदेशिक रोजगार मेला आयोजना गर्ने तयारी

  • प्रकाशित मिति : शुक्र, बैशाख २९, २०८०
  • - रासस
title

काठमाडौँ, २८ वैशाख । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल सुरु गरेको छ । बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच आज भएको छलफलले खाडी र मलेसियामा केन्द्रित श्रम बजारलाई युरोपलगायत मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार मेला आयोजना गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
 
बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम बजारको अध्ययन गर्ने गराउने र नयाँ अन्तर्राष्ट्रिय श्रम बजारको खोजी गर्ने गराउने वैदेशिक रोजगार ऐनमा भएको व्यवस्थाबमोजिम नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्न लागिएको जानकारी दिनुभयो ।
 
 प्रत्येक वर्ष झण्डै पाँच लाखको हाराहारीमा नेपाली श्रम शक्ति वैदेशिक रोजगारीमा जाने गरेको वर्तमान अवस्थामा युरोप, क्यानडालगायत मुलुकमा रोजगारीको दायरा विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
 
बोर्डका निर्देशक सीता दुवाडीले नेपाली श्रमिकका लागि श्रमको नयाँ क्षेत्र र मुलुकको खोजी भइरहेको जानकारी दिनुभयो । नयाँ क्षेत्र पहिचानका लागि युरोपेली मुलुकमा रहेका दूतावास, गैरआवासीय नेपाली र सरोकारवाला पक्षसँग छलफल गरिने उहाँले बताउनुभयो ।
 
वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले परम्परागतरूपमा खाडी मुलुकमा जाने ८० प्रतिशत श्रम शक्तिलाई नयाँ गन्तव्य मुलुकमा ‘सिफ्ट’ गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्वी युरोपलगायत मुलुकमा ठूलो सङ्ख्यामा जान सुरु गरेका नेपाली श्रमिकलाई संस्थागत रूपले पठाउने सवालमा द्विपक्षीय सम्बन्ध विस्तारमा सरकारले जोड दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 20 hours ago