भर्खरै

मोरङको राठी इन्डष्ट्रिजमा लागेको आगो नियन्त्रणमा

  • प्रकाशित मिति : शुक्र, बैशाख २९, २०८०
  • - विद्युत संसार संवाददाता
title

मोरङ, २९ वैशाख । मोरङको बूढीगङ्गा-५ मा रहेको राठी म्यानुफ्याक्चर उद्योगमा लागेको आगो नियन्त्रणमा आएको छ ।
 
राजेन्द्र कुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्राविधिकले अनुमान गरेका छन् । 
 
यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ ।
 
 मोरङ, सुनसरी, झापाका १२ वटा दमकललगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।
 
आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ एवं उत्पादित सामग्री जलेर नष्ट भएका छन् भने क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया