भर्खरै

मोटीभेस्नल प्रशिक्षण तथा एरिय समिति विस्तार कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : आइत, बैशाख ३१, २०८०
  • - भीमलाल श्रेष्ठ
title

काठमाडौं ३१ वैशाख । काठमाडौं विद्युतीय व्यवसायी संघ चावहिल एरिया समितिद्धारा आयोजना गरिएको मोटिभेसनल प्रशिक्षण एवम् एरिय समिति विस्तार कार्यक्रम सम्पन्न भएको छ ।
 
हालको आर्थिक मन्दीलाई मध्यनजर गर्दै यस समयमा आफ्नो व्यवसायलाई कसरी अगाडी बढाउने उद्धेश्यका साथ समितिले हिजो शनिवार विश्व रेकर्ड राख्न सफल उत्प्रेरक वक्ता डा.अनन्तराम केसीको उपस्थितिमा शनिबार ज्योती ब्यान्क्वेट एण्ड इभेन्ट म्यानेजमेन्ट, बौद्धमा कार्यक्रम सम्पन्न गरेको हो ।
 
मोटिभेसनल प्रशिक्षणका क्रममा डा.अनन्तराम केसीले व्यवसायीहरुलाई आर्थिक मन्दीका कारण अहिले व्यवसायमा देखा परेका समस्यहरुसँग कसरी आफ्नो दैनिकीलाई सकारात्मक बनाउने विषयमा आफ्नो भनाई राख्नुभएको थियो । अध्याँरो पछि उज्यालो अवश्य हुन्छ त्यसकारण हाललाई केही समय व्यपारमा समस्या देखियता पनि भविष्य उज्जवल रहेको बताउनु हुदैं समस्यामा पनि सकारात्मक सोच्न र दैनिक शारीरिक व्यायम गरि आफ्नो हिम्मत बढाउन व्यवसायीलाई उहाँको आग्रह थियो ।
 
कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटाले महासंघको नेतृत्वमा हालको अर्थतन्त्र र व्यवसायीको समस्याको समाधान गर्न २८ बुँदे माग सहित अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेट्न अर्थमन्त्रालय जाने तयारी रहेको जानकारी दिनुभयो । अध्यक्ष देवकोटाले महासंघको भवन निर्माण द्रुतगतिमा अगाडी बढेकोले काठमाण्डौ विद्युतीय व्यवसायी संघका साथीहरुबाट समेत भवन निर्माणमा उच्चमूल्यांकनका साथ अर्थिक सहयोग आउनेमा आशाबादी रहेको बताउनुभयो ।  
 
विशेष अतिथिमा महासंघको निर्वतमान अध्यक्ष सुदर्शन प्रसाद पौड्यालले कोरोना महामारी, युक्रेन–रसिय युद्ध र आर्थिक मन्दी लगायतका कारणले व्यवसायमा चारैतिरबाट दबाबमा रहेकोले देशको आर्थिक क्षेत्रकमा रातो ट्रार्फिक लाईट बलेको बताउनुभयो । बैंकको व्याजदर वृद्धि हुदै गएकाले सिमेन्ट, इट्टा लगायतका निर्माण समग्री उत्पादनमा कमि आएसँगै विद्युतीय सामग्रीको व्यवसायमा पनि असर पुर्याएको उहाँको भनाई रहेको थियो । अहिलेको आर्थिक मन्दीमा खर्च कम गर्नु पनि आम्दानी गर्नु सरह भएको भन्दै उहाँले विद्युतीय व्यवसायीहरुलाई आफ्नो व्यवसायलाई सोही अनुरुप निरन्तरता दिन आग्रह गर्नुभयो । 
 
 
 
 
कार्यक्रममा आफ्नो भनाई राख्दै चावहिल एरिय कमिटिका संयोजक बलराम कुँईकेलले यस कार्यक्रममा व्यवसायी तथा सदस्यहरुको उपस्थितिले समितिलाई हौसला प्रदान गरेको भन्दै आगामी दिनमा समितिले यस क्षेत्रमा रहेको विद्युतीय व्यवसायीको लागि अझ उपलब्धी मूलक नयाँ कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले चावहिल एरियमा पर्ने सम्पुर्ण विद्युतीय व्यवसायीको पसल÷स्वरुम गुगल म्यापमा सहजै देखिने गरि म्यापिङ्ग कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । आगामी दिनमा चावहिल एरिया समिती बाट २ सय भन्दा माथि नयाँ पसल व्यवसायीहरु संघमा जोड्ने लक्ष्यरहेको समेत बताउनुभयो ।
 
शनिवार नै संघको चावहिल एरिया समिति बिस्तार भएको छ । संघको १३ वार्षिक साधारण सभा एवं ७ औं महाधिवेशनले चावहिल एरिय कमिटिको संयोजकमा बलराम कुँईकेललाई तोकिएको थियो भने शनिवार भएको कार्यक्रमले शंखरापुर एरियमा हेम योन्जन, कागेश्वरी मनोहरा एरियबाट प्रदिप ज्ञवाली, काठमाडौं महानगरपालिका ६,७ र ८ वडाबाट केदार कुँइकेल, बुढानिल्कण्ठ नगरपालिकाबाट माधव सिक्देललाई तोकिएकिएको छ ।
 
कार्यक्रमका मुख्य प्रायोजक बबिता ट्रेड्र्सले गरेको थियो । त्यस्तै सह–प्रायोजक एबीसी इन्फिनिटी प्रा.ली, अन्नपूर्ण केबल्स इन्डस्ट्रिज प्रा.लि.र एप्पल ग्रुप प्रा.लिं रहेको थियो । त्यस्तैगरी व्यानर प्रायोजनमा १४ बटा विभिन्न कम्पनीहरु रहेको थियो । कार्यक्रम संचालन संघका सचिव श्रीलाल श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रममा करिब २०० भन्दा बढिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया