भर्खरै

हाम्रो उत्पादन पूर्ण गुणस्तरीय छन्, उपभोक्ताहरुले ढुक्क भएर प्रयोग गर्न सक्नुहुन्छ ।

  • प्रकाशित मिति : बुध, जेठ ३, २०८०
  • - अभिनाष प्रताप सिंह, बजार प्रमुख, सेल्स एण्ड मार्केटिङ, नूप्लाष्ट इण्डष्ट्रिज प्रा.लि.
title

लक्की ग्रुप अन्तर्गत नूप्लाष्ट इण्डष्ट्रिज प्रा.लि.पनि एक कम्पनी हो । जुन कम्पनीले नेपालमा नै पहिलो पटक विद्युतीय क्षेत्रमा प्रयोग हुने लिस्टी उत्पादन गरेको थियो । २००० सालमा स्थापना भएको कम्पनीले उद्योगहरुमा आवश्यक पर्ने कच्चापदार्थ(रमेटिरियल) (दाना) आयात गर्दै आएतापनि विगत लामो समयदेखि आफ्नो उत्पादन  उपभोक्ता केन्द्रित सामग्रीहरु उत्पादन गर्दै आएको छ । 
 
कम्पनी हाल के–कस्ता सामग्री उत्पादन गर्दै आएको छ, कम्पनीको भावि योजनास“गै आर्थिक मन्दीको समयमा व्यवसायीमा पर्न गएको समस्याहरुमा केन्द्रित भएर नूप्लाष्ट इण्डष्ट्रिज प्रा.लि.मा विगत लामो समयदेखि सेल्स एण्ड मार्केटिङ क्षेत्र हेर्दै आउनु भएका अभिनाष प्रताप सिंहसँग विद्युत संसार साप्ताहिक पत्रिकाका सम्पादक भीमलाल श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंशः
 
  • अभिनाष प्रताप सिंह, 
बजार प्रमुख, सेल्स एण्ड मार्केटिङ, नूप्लाष्ट इण्डष्ट्रिज प्रा.लि.
 
कम्पनीको बारेमा बताईदिनुहोस् न ?

लक्की ग्रुप अन्तर्गत धेरै कम्पनीहरु छन् । ति मध्य नूप्लाष्ट इण्डष्ट्रिज प्रा.लि. पनि एक हो । २००० सालमा स्थापना भएको कम्पनी जसको प्लान्ट सिमरामा छ  । स्थापना भएको लामो समय हँुदै गर्दा हाम्रा कम्पनीबाट धेरै किसिमका सामग्रीहरुको उत्पादन गर्दै आएका छौ । साथसाथै नेपालभरी जतिपनि पिभिसि सम्बन्धित सामग्री प्रोड्क्सन गर्ने कम्पनीहरु छन् उनिहरुलाई रमेटिरियल (दाना)मा पनि उपलब्ध गराईरहेका छौ । कम्पनीले रोजगारीमा ठूलो योगदान पु¥याउँदै आएको छ । कम्पनीको आफ्नो फ्याक्ट्रिमा नै करिव ९० जना कार्यरत हुनुहुन्छ । बजारमा करिव २८ जना भन्दा बढी बजार व्यवस्थापक कार्यरत हुनुहुन्छ भने नूप्लाष्टको दुई ठाउँको कार्यालयमा करिव २० जना कर्मचारीहरु कार्यरत हुनुहुन्छ ।  
 
लक्की ग्रुप अन्तर्गत नूप्लाष्ट कम्पनीले के–के प्रोड्क्टहरु उत्पादन गर्दै आउनुभएको छ ?

हाम्रो कम्पनी स्थापना भएपछिको पहिलो उत्पादन भनेको लिस्टि हो । जुन नेपाल कै पहिलो उत्पादन पनि हो । जुन अन्डरग्राउड वायरिङ्ग नभएको स्थानमा आउटअफ वायरिङ्गमा प्रयोग हुने गरेको छ । यो प्रोड्क्ट सँगसँगै वायर उत्पादन गर्ने कम्पनीहरुका लागि रमेटिरियल(दाना) बनाउँदै आएका छौ जुन वायर बनाउँदा तामाको माथि प्लाष्टिक लगाउने काममा प्रयोग हुने गर्दछ । त्यसैगरी प्लाष्टिक कम्पनीहरुका लागि विभिन्न कलरमा रमेटिरियल (दाना) आवश्यकता पर्दछ ति दाना हाम्रो फ्याक्ट्रिमा उत्पादन गर्दै आएका छौं । साथै हामीले विगत वर्षहरु देखि आफ्नो ब्राण्डमा तातो÷चिसो पानीको लागि प्रयोग गरिने सिपिभिसि पाईप, पिभिसि पाईप र एग्रिकल्चर पाईप फिटिङ उत्पादन गर्दै आएका छौ । 
 
साथै अर्को प्रोड्क्ट इन्डष्ट्रियलहरुमा प्रयोग हुने कन्डुट पाईपहरु पनि उत्पादन गरेर बजारमा ल्याएका छौं । यो पाईप बिजुलीको लाईनमा प्रयोग हुन्छ यो एफआरएलएस पाईप हो जुन आगोबाट सुरक्षित रहन्छ ।
 
 
कम्पनीका भावि योजनाहरु के–कस्ता छन् बताईदिनुहोस् न ?

हाम्रा उत्पादन उद्योगमा मात्र जाने भएकोले नूप्लाष्ट कम्पनीलाई उद्योग र व्यवसायीहरुले मात्र चिन्ने गरेका थिए । तर आज बजारमा लक्की ग्रुप भनेर चिनिदै आएको छ त्यसभित्रको नूप्लाष्ट कम्पनीलाई पनि ठूलो उचाईमा पु¥याउन र बजारमा परिचित बनाउनमा हामी सक्षम भइरहेका छौं । यसका लागि हाम्रा प्रोड्क्टहरुमा भएको गुणस्तरकै कारण हो । अब हाम्रा कम्पनीले आफ्नो उत्पादनलाई बढाएर ठूला साईजका गुणस्तरीय पाईपहरु पनि उत्पादन गर्नेतर्फ हाम्रो योजनामा रहेको छ । 
 
उत्पादित प्रोड्क्टहरु प्राविधिकहरुकै माध्यमबाट प्रयोगमा ल्याउने हुँदा तपाईको कम्पनीले प्राविधिकहरुलाई कसरी हेरेको छ ?

जसले घर तथा भवन निर्माण गरिरहेको हुन्छ उसलाई कस्तो सामग्री आफ्नो घरमा प्रयोग गर्ने विषयमा कम जानकारी हुन्छ त्यस्ता व्यक्तिहरुलाई इलेक्ट्रिसियन र प्लम्बरको सहयोग चाहिएको हुन्छ । यसैले ति इलेक्ट्रिसियन र प्लम्बरहरुलाई गुणस्तरीय सामग्रीहरुको बारेमा जानकारी दिन विभिन्न कार्यक्रमहरु गराईरहेका हुन्छौ । साथै प्राविधिकहरुका लागि कम्पनीले के–कस्ता सुविधाहरु दिन सक्छौ ति दिदँै आएका छौं । जसले गर्दा उहाँहरुका लागि हाम्रा सामग्री प्रयोग गर्दा पूर्णरुपमा विश्वास होस् । 
 
त्यस्तै हाम्रो कम्पनीले प्राविधिकहरुका लागि आफ्नो क्षमता अनुसारको सिटिईभिटीको समन्वयमा सर्टिफिकेशन उपलब्ध गराउने व्यवस्था गर्न हामीले कार्ययोजना बनाउँदै छौं । छिटै नै यो विषयले पूर्णता पाउँदैछ । यस्ता कामले प्राविधिक र कम्पनीलाई दुवैलाई गौरवान्भित बनाउँदछ । जसको कारणले भोलिको दिन जहाँ काम भइरहेको छ त्यहाँ अझ गुणस्तर रुपमा हुनेमा कम्पनी विश्वस्त छ । 
 
बिक्रि वितरण र डिलरहरुको अवस्था कस्तो छ बताईदिनुस् ?

हाम्रो कम्पनीको प्रोड्क्ट अनुसार बिक्रि वितरणको क्षेत्रमा पनि फरक रहेको छ । प्लम्बिङ क्षेत्रको मात्र नेपालभर ५५ जना भन्दा बढी डिस्टिब्युटरहरु हुनुहुन्छ । ती मध्ये कम्तीमा पनि २० जना भन्दा बढी डिलरहरु हुनुहुन्छ । इलेक्ट्रिकल क्षेत्रमा हेर्न हो भने २२÷२३ जना भन्दा बढी डिलरहरु हुनुहुन्छ । उहाँहरुको सहयोगले हाम्रो कम्पनीबाट उत्पादित सामग्रीहरु नेपालभर पु¥याउन सफल भएका छौं । 
 
हाल व्यवसायीमा देखापरेको विद्यामान अवस्थालाई कसरी लिनुहुन्छ र राज्यस“गै सम्बन्धित निकायको कस्तो खालको भुमिकाको आवश्यकता देख्नुहुन्छ ?

देशमा देखिएको यस्ता समस्या सम्पूर्ण क्षेत्रका उद्योगी व्यवसायीहरुलाई परेको छ । खासगरी हिजोका दिनमा देशभित्रको व्यवसायीहरुका लागि भनेर राज्यले कुनै पनि सकारात्मक खालका भुमिका खेलको मैले पाएको छैन । सरकारले नीजि क्षेत्रसँगको सहकार्यता बढाउनु भएको छ । भोलिको दिनमा केही अपेक्षा गर्न सकिन्छ ।
 
अन्तमा के भन्न चाहानुहुन्छ ?

हाम्रा उपभोक्ताहरुका लागि हामी प्रति पूर्णरुपमा विश्वास दिलाउन गुणस्तरीय प्रोड्क्टहरु विभिन्न क्षेत्रबाट सर्टिफाईट भएर बजारमा ल्याएका छौं । हाम्रा प्रोड्क्ट एनएस सर्टिफाईड छ भने सिमरामा भएको कम्पनीको फ्याक्ट्रि आइएसओ सर्टिफाईड रहेको छ । यसको अर्थ हामीले अन्तर्राष्ट्रिय स्तरको सामग्री उत्पादन गर्दै आएका छौं । त्यसैले गर्दा हाम्रा उत्पादन प्रयोग गर्ने उपभोक्ताहरुलाई ढुक्क भएर प्रयोग गर्न आग्रह गर्दछु । 

प्रतिक्रिया