संघद्धारा सदस्य स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना
- प्रकाशित मिति : बिही, जेठ ४, २०८०
- - भीमलाल श्रेष्ठ

काठमाडौं ४, जेष्ठ । काठमाडौं विद्युतीय व्यवसायी संघले आइतबार सदस्य स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । संघले आउँदो ७ गते आइतबार समता अस्पताल बौद्ध ६, कुमारीगाल काठमाडौंको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो ।
उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा सहभागी हुन इच्छुक सदस्यहरुले भोली ५ गते शुक्रबार कार्यालय समय भित्रमा संघको सचिवालयमा सशुल्क आफ्नो नाम दर्ता गराउन संघले आग्रह गरेको छ । स्वास्थ्य परिक्षणको प्रतिव्यक्ती शुल्क दुई हजार तोकिएको संघले बुधबार निकालेको सूचनामा उल्लेख गरिएको छ ।
आइतबारको कार्यक्रममा अधिकतम १२ जनाले मात्र सहभागी हुन पाउने भएकाले कार्यक्रममा सहभागिता जनाउन तोकिएको भन्दा धेरै सदस्यहरुको नाम दर्ता भएमा दर्ता भएको क्रमश अनुसार अन्य दिनमा गरिने संघले जनाएको छ ।
सदस्य स्वास्थ्य परिक्षणमा निम्नानुसारको परिक्षण हुनेछ ।
1, Chest X-ray
2, Electrocardiogram (ECG)
3, Ultrasonography (USG)
4, ugine/Stool R/E
Blood:-
-CBC, ESR, Blood Grouping
-Thyroid Function Test (TFT)
-Renal Function Test (RFT)
-Lipid Profile
-Uric Acid
-Sugar Fasting
-Liver Function Test (LFT)
Serology-HIV,HB AG HCV
तल हेर्नुहोस् काठमाडौं विद्युतीय व्यवसायी संघद्धारा प्रकाशित सूचना !
