वर्षायाममा मासिक ५०, हिउँदयाममा ३० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निःशुल्क बिजुली

  • प्रकाशित मिति : शुक्र, जेठ ५, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ५ जेठ, । सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ ।
 
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजना सहित यस्तो घोषणा भएको हो ।
 
त्यस्तै सरकारले आगामी दुई वर्षभित्र ऊर्जालाई सबै नागरिकको पहुँचमा पुर्‍याउने र ‘विपन्न वर्गलाई निःशुल्क विद्यतीय मिटर उपलब्ध गराइने छ । खाना पकाउने ग्यासलाई विद्युतले प्रतिस्थापन गर्ने पनि उहाँले बताउनु भयो ।
 
सन् २०४५ भित्र शून्य कार्बन उत्सर्जन गर्ने सरकारको लक्ष्य, ऊर्जा उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहने राष्ट्रपति पौडेलले नीति कार्यक्रममार्फत् जानकारी दिनुभयो ।

प्रतिक्रिया