भर्खरै

राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ

  • प्रकाशित मिति : बुध, जेठ १०, २०८०
  • - विद्युत संसार
title

काठमाडौँ, १० जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री विरेन्द्रप्रसाद महतोलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सोही समारोहमा प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले नवनियुक्त राज्यमन्त्री प्रमिला कुमारीलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभयो ।


प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरु दुवैलाई मन्त्री र राज्यमन्त्रीमा मङ्गलबार नियुक्त गर्नुभएको थियो । उहाँहरूको नियुक्ति र सपथसँगै वर्तमान मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

प्रतिक्रिया