भर्खरै

वथनाहादेखि विराटनगरसम्म कार्गो रेल सेवा सञ्चालन

  • प्रकाशित मिति : बिही, जेठ १८, २०८०
  • - विद्युत संसार
title
मोरङ, १८ जेठ । सीमावर्ती भारतको कटिहार जिल्लाको वथनाहादेखि विराटनगर–१८ स्थित बुधनगरसम्म कार्गो रेल सेवा आजदेखि सञ्चालनमा आएको छ । 
 
विभिन्न ध्वजापताकाले सजाइएको उक्त कार्गो रेल विभिन्न उद्योगको कच्चा पदार्थ बोकेर विराटनगर आइपुगेको हो । 
 
 भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्तरूपमा नयाँदिल्लीबाट हरियो झण्डा देखाएर  उद्घाटन गर्नुभएपछि वथनाहाबाट छुटेको रेल आठ किलोमिटर दूरीमा रहेको विराटनगर बुधनगरस्थित नेपाल कस्टम यार्डमा आइपुगेको हो ।
 
वथानाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत भन्सार जाँचचौकीको कस्टम यार्ड रेलमार्गमा कार्गो रेलसेवा सञ्चालन भएको हो । कार्गो रेल विराटनगर आएपछि उद्योगपति, व्यापारी एवं सर्वसाधारणले स्वागत गरेका छन् ।
 
यसअघि भारतको वथनाहासम्म उद्योगका कच्चापदार्थ रेलमार्फत आउने गरेको र त्यहाँबाट मालवाहक सवारी साधनमार्फत उद्योगमा ल्याइने गरिएको थियो । कार्गो रेल सेवा सञ्चालनले भारतलगायत तेस्रो मुलुकबाट आएका कच्चापदार्थ अब सोझै विराटनगरको एकीकृत भन्सार जाँच आइपुग्दा व्यापारीलाई सहज एवं ढुवानी भाडामा समेत खर्च कम लाग्ने भएको छ । 
 
मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले उद्यमी व्यापारीको वर्षौंदेखिको चाहना पूरा भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा कच्चा पदार्थको ढुवानी सस्तो भई उपभोक्तासमेतलाई राहत पुग्ने धारणा राख्नुभयो । 
 
उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गो रेल सेवा सञ्चालनले प्रदेशको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो । 
 
कार्गो रेल सेवासरह आगामी दिनमा राज्यले यात्रुवाहक सेवा पनि सञ्चालन गर्नुपर्नेमा स्थानीयवासीको भनाइ छ । उक्त आयोजनाको निर्माण लागत भारु तीन अर्ब ७३ करोड रहेको छ । भारत सरकारको आर्थिक र प्राविधिक  सहयोगमा सो रेल निर्माण भएको हो । 
 
भारतको वथनाहादेखि मोरङको कटहरी गाउँपालिकाको महेशपुरसम्म १८ किलोमिटर रेल सञ्चालनका लागि १२ वर्ष अगाडि सम्झौता भई काम सुरु भए पनि जग्गा मुआब्जाको विवादले बाँकी खण्डमा काम रोकिएको छ । अहिले आठ किलोमिटर रेलमार्गमा मात्र सेवा सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago