भर्खरै

ऊर्जा क्षेत्रका लागि प्रधानमन्त्रीको भारत भ्रमण ऐतिहासिक: इपान

  • प्रकाशित मिति : सोम, जेठ २२, २०८०
  • - विद्युत संसार
title
काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा ऊर्जा क्षेत्रमा भएका सहमति ऐतिहासिक र दीर्घकालीन हितमा केन्द्रित रहेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)ले स्वागत गरेको छ । 
 
इपानले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी नेपालको ऊर्जा क्षेत्रको विकासका लागि दीर्घकालीन महत्वका हिसाबले पनि प्रधानमन्त्रीको भ्रमण सफल रहेको टिप्पणी गरेको छ । 
 
भारत भ्रमणका क्रममा भारत सरकारले आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली लैजाने घोषणा स्वागत योग्य भएको इपानको भनाइ छ । “प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा उहाँका समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा समेत सो विषयलाई महत्वका साथ सम्बोधन गर्नुभएको थियो”, इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले भन्नुभयो, “दुवै देशको ऊर्जा सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिमा हस्ताक्षर गर्नुभएको थियो ।” 
 
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ऊर्जा व्यापारमा निजी क्षेत्रलाई समेत सहभागी गराउने र अनुमति दिने प्रबन्ध गरिएकोप्रति इपानले प्रशन्नता व्यक्त गरेको छ । बिजुलीको अन्तर्राष्ट्रिय बजारको प्रबन्ध भएको तथा सरकारलेसमेत अनुमति दिएको अवस्थामा ऊर्जा क्षेत्रमा महत्वपूर्ण सुधार र विकासका लागि मार्ग प्रशस्त भएको इपानको ठहर छ । 
 
इपानका अध्यक्ष आचार्यले बिजुलीको व्यापारका लागि मार्ग प्रशस्त भएकाले अब तत्काल सरकारले विद्युत् खरिद बिक्रीको अनुमति दिन माग गर्नुभयो । “ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा ऐतिहासिक सम्झौता भएको छ । अब त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि सरकार र सरकारी निकायले पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो । 
 
भारत भ्रमणका क्रममा न्यू बुटवल–गोरखपुर चार सय केभी प्रसारण लाइन निर्माणसम्बन्धी शिलान्यास भएको छ । चार सय ८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता भएको छ । यसैगरी छ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको पनि परियोजना विकास सम्झौता भएको छ । 
 
“इपानले प्रधानमन्त्री प्रचण्डले यसपटकको भ्रमणलाई आर्थिक कूटनीतिमा केन्द्रित गरी ऊर्जा व्यापारका लागि महत्वपूर्ण पहल गर्नुभएकामा ऊर्जा उद्यमीका तर्फबाट धन्यवाद दिन चाहन्छाँै”, अध्यक्ष आचार्यले भन्नुभयो, “अब यसलाई कार्यान्वयन गर्नुपर्छ । त्यसका लागि सरोकारवाला सबै निकायको साथ र सहयोग आवश्यक छ ।”
 
यसपटक विश्वव्यापी प्रतिस्पर्धाका माध्यमबाट छानिएका जुनसुकै देशका निर्माण व्यवसायी सहभागी भएका आयोजनाबाट उत्पादित बिजुली भारत निर्यातका लागिसमेत मार्ग प्रशस्त भएको इपानको भनाइ छ । 
 
भारतीय भूमि हुँदै बङ्गलादेशसम्म बिजुली बिक्रीका लागि दुई देशबीच सहमति भएको जानकारी दिँदै इपानले यसलाई सुरुआती बिन्दु मानेर अगाडि बढ्नुपर्नेमा जोड दिएको छ । 
 
इपानको यही जेठ ३२ गते हुने साधारणसभा हुने भएको छ । नयाँ नेतृत्व चयन गरिने सो साधारणसभाका लागि हालका उपाध्यक्ष गणेश कार्कीले अध्यक्षमा, उपाध्यक्ष मोहनकुमार डाँगीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । महासचिवमा बलराम खतिवडा र उपमहासचिवमा प्रकाश दुलालले उम्मेदवारी घोषणा गर्नुभएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago