भर्खरै

कोशीको बहाव फर्काएर पानी घटाएपछि गाडी र दुई शव फेला पर्यो

  • प्रकाशित मिति : बिही, जेठ २५, २०८०
  • - विद्युत संसार
title

सिन्धुली,  जेठ । कोशीको बहाव फर्काएर नदिमा पानी घटाएपछि सुनकोशी नदीमा सात दिन अगाडी भएको दुर्घटनामा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को जिप र दुई कर्मचारीको शव फेला परेको छ । 
 
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्टर सुवास थापाको कमान्डको गोताखोरले मंगलबार साँझ सवा ६ बजे सुनकोशीबाट गाडी र दुई वटा शव बाहिर निकालेको हो । एक कर्मचारीको अझै खोजीकार्य जारी रहेको छ ।
 
घटनास्थलबाट करिब २ सय मिटर तल कोशीको पारितर्फ किनारमा गाडीको अवस्थामा जिप र शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
 
भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । 

प्रतिक्रिया