भर्खरै

विद्युतीय सवारीसाधनको कर घटाउन सांसद लिङ्देनको आग्रह

  • प्रकाशित मिति : बिही, जेठ २५, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, २५ जेठ । सांसद राजेन्द्र लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रममा अन्धाधुन्ध काम भएको भन्दै यसले पार्ने नकारात्मक प्रभावका बारेमा सोच्नुपर्ने बताउनुभएको छ ।  
 
प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिदै आज राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले बजेट अनुदान र ऋणमा आधारित रहेको बताउनुभयो । यस्तो बजेटले जनअपेक्षाअनुसारको अर्थतन्त्र सुधार गर्न नसक्ने उहाँले जिकिर गर्नुभयो ।
 
अध्यक्ष लिङ्देनले विद्युतीय सवारीसाधनमा कर घटाउनुपर्ने बताउँदै यसबारेमा बजेटमा सुधार गर्नुपर्ने स्थान रहेको बताउनुभयो । उहाँले ठूला विद्युत् आयोजना बनाउने जिम्मा विदेशीलाई दिनुभन्दा स्वदेशी लगानीमा निर्माण गर्न सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया