भर्खरै

म्याग्दीको दुर्गम क्षेत्रका चार सय घरधुरीमा विद्युतीकरण

  • प्रकाशित मिति : आइत, जेठ २८, २०८०
  • - विद्युत संसार
title
म्याग्दी, २७ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको दुई वटा वडाका चार सयभन्दा बढी घरधुरीमा विद्युतीकरण भएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिकाको वडा नम्बर २ र ३ मा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको हो । 
 
नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले संरचना निर्माण, ट्रान्सफर्मर चार्ज गरेर शनिबारदेखि विद्युत् आपूर्ति गराइएको जानकारी दिएको छ । केन्द्रका प्रमुख प्रशान्तकुमार झाले रुम ठूलोगाउँ, बिलबाङ, पन्थोक, गाल्दा टोलका तीन सय घरधुरीमा विजुली बलेको जानकारी दिनुभयो । यसैगरी मालिकाको वडा नं–३ मा पर्ने औला, स्याउलुङ, टिकरवाङ, डाडागाउँका एक सय १५ घरधुरीमा पनि विद्युत् विस्तार गरिएको उहाँको भनाइ छ । 
 
“दुई वटा वडामा विद्युतीकरणका लागि न्यू ढुङ्गाना निर्माण सेवा बेनीले रु एक करोड ६१ लाख १३ हजारमा ठेक्का लिएको थियो”, उहाँले भन्नुभयो, “नेपाल सरकारको ग्रामीण विद्युतीकरण कार्यक्रमको रु एक करोड २६ लाख ६४ हजार र विद्युत् प्राधिकरणको रु २४ लाख ५० हजार बजेट लगानी भएको छ ।” 
 
ठेक्कामार्फत मुख्य, शाखा प्रसारण लाइन विस्तार गर्न पोल गाड्ने, तार तान्ने, ढुवानी गर्ने, ट्रान्सफर्मर ढुवानी र जडान गरिएको हो । मिटरबक्स जडान र वायरिङको काम उपभोक्ता आफँैले गरेका हुन् । मालिका–२ का वडाध्यक्ष उदयबहादुर बुढाथोकीले केन्द्रीय लाइनको बिजुली बलेपछि स्थानीयमा खुसियाली छाएको बताउनुभयो । 
 
“लघु जलविद्युत् परियोजनाबाट विद्युत् आपूर्ति हुँदै आएको थियो”, उहाँले भन्नुभयो, “केन्द्रीय लाइनको बिजुली भएपछि उद्यम, व्यवसाय सञ्चालन गर्न पनि सहयोग पुग्नेछ ।” शनिबार बिजुली बलेको खुसियालीमा रुमवासीले नाच गान गरेर खुसियाली मनाएका छन् । मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा भएपछि स्थानीयलाई घरायसी काम काज गर्न, विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन र सार्वजनिक सेवा प्रवाहमा सहज भएको बताउनुभयो । 
 
बेली, जेमलगायत छुटेका बस्तीमा पनि केन्द्रीय लाइनको विद्युत् विस्तार गर्न पहल गरिएको जनप्रतिनिधिहरुले बताएका छन् । लघु जलविद्युत् परियोजनाको विद्युत् नियमित नहुँदा सौर्य ऊर्जा र टुकीमा निर्भर हुनुपरेको थियो । 
 
नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रअन्तर्गत पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्कसहित करिब २२ हजार घरधुरीमा केन्द्रीय लाइनको विद्युत् विस्तार भएको छ । 
 
केन्द्रका प्राविधिक प्रमुख शिवराज पौडेलले मालिका गाउँपालिका–५ मगरङको चार सय १० घरधुरीमा एक वर्षयता केन्द्रीय लाइनको विद्युत् पुगेको बताउनुभयो । चालु आर्थिक वर्षमा रघुगङ्गाको पात्लेखर्क, धवलागिरिको मराङ, अन्नपूर्णको दोवामा छुटेका बस्तीमा लाइन विस्तार र विद्युत् आपूर्ति सुधार गर्न नयाँ ट्रान्सफर्मर राख्ने योजना छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago