संघद्धारा मोटिभेसनल कार्यक्रम आयोजना

  • प्रकाशित मिति : मंगल, जेठ ३०, २०८०
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं ३० जेठ । काठमाडौं विद्युतीय व्यवसायी संघले गोङ्गबु एरिया समिति विस्तार एवं मोटिभेसनल प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । संघले असार २ गते शनिवार स्काई रेष्ट्रो एण्ड ब्याङ्क्वेट सामाखुसीमा कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।

हाल आर्थिक मन्दीलाई मध्यनजर गर्दै यस समयमा कसरी आफ्नो व्यापार व्यवसायमा अगाडि बढ्ने र मन्दीबाट कसरी फाइदा उठाउन सकिन्छ भन्ने विषयमा उजागर गर्ने उद्देश्यले प्रशिक्षक मान्सी अग्रवाल उपस्थितिमा मोटिभेसनल प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । 

 संघले एक सूचनामा प्रकाशित गर्दै शनिवार नै संघको गोङ्गबु एरिया समिति बिस्तार कार्यक्रम पनि आयोजना गरेको छ ।

शनिवार बिहान १०ः३० बजेबाट सुरु हुने कार्यक्रममा संघले आफ्ना सदस्यहरूलाई उपस्थितिको लागि सूचना मार्फत जानकारी गराइएको छ । 

 हेर्नुहोस् संघद्धारा प्रकाशित सूचना:

प्रतिक्रिया