भर्खरै

बाढी पहिरामा परी तीन जिल्लामा ११ जना बेपत्ता

  • प्रकाशित मिति : सोम, असार ४, २०८०
  • - विद्युत संसार
title
काठमाडौँ, ३ असार । ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा शनिबार भएको वर्षापछि गएको पहिरामा परी ११  जना बेपत्ता हुनाका साथै सडक पूर्वाधार सहितमा ठूलो क्षति पुगेको छ ।
 
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरामा परी यादव बुढाक्षेत्रीको घर पूर्ण क्षति हुनाका साथै तीनजना व्यक्तिसमेत बेपत्ता भएका छन् ।
 
सोही गाउँपालिका–६ स्थित राजकुमार गौतमको घर र स्वास्थ्य चौकीको भवनमा क्षति पुगेको छ । आङखोपमा–३ मा प्रेम सेदिङ, महेश्वर सेदिङ र गणेश सेदिङका तीनवटा घर बगाएको छ ।
 
सिरिजङ्घा–४ तेल्लोक स्वास्थ्य चौकीको पोष्टमार्टम घर पुरिएको छ भने स्थानीय नरेन भट्टराईको घर पूर्ण रुपमा क्षति भएको छ ।
 
जिल्लाका सहायक सडक साँघु–ओदक, तेल्लोक, निम्बुखोला, सिरिजङा, सिमलबोटे र पाथीभरा याङ्वारक गाउँपालिका, आठराई त्रिवेणी र मैवाखोला गाउँपालिका जोड्ने तथा मेची राजमार्गअन्तर्गत मेवाखामा पहिरो गई सडक अवरुद्ध रहेको सेनाले जनाएको छ ।
 
सङ्खुवासभाको हेवा खोलामा आएको बाढीले पाँचखपन नगरपालिका–५ खमारेस्थित रौता–चैनपुर पक्की पुल बगाउनाका साथै चैनपुर नगरपालिका–४ दोभानेमा निर्माणाधीन सुपर हेवाखोला हाइड्रोपावरको काम गर्ने मजदुर बस्न बनाएको क्याम्प तथा हाइड्रोपावरमा समेत क्षति पुगेको छ ।
 
त्यस क्षेत्रमा खोजी तथा उद्धारका लागि सेनाको नयाँ भैरवीदल गुल्मको सभाखोला जलविद्युत् आयोजनाको सुरक्षार्थ तैनाथ सुरक्षा बेस सिम्लेबाट अधिकृतको कमान्डमा १५ जनाको नफ्रिको फौज परिचालित भएको छ ।
 
चैनपुर नगरपालिकाको पिलुवा खोलामा आएको बाढीले आसपासका घर तथा नुनढाकीस्थित पुल बगाएको छ । सभापोखरी गापा–३ सुनाम्लामा पहिराले गोठ बगाउँदा दुईजना बेपत्ता भएको सेनाले जनाएको छ ।
 
वर्षाका कारण विभिन्न स्थानमा पहिरो गई सङ्खुवासभा–फाक्सिन्दा सडक खण्ड अवरुद्ध भएकाले घटनाका सूचना सङ्कलन गर्न सहायक जिल्ला प्रमुख अधिकारीको नेतृत्वमा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र खडा गरी समन्वय भइरहेको जानकारी दिइएको छ ।
 
त्यसैगरी, पाँचथरको फिदिम नगरपालिका–३ स्थित हेवा खोलामा बाढीले बगाएपछि त्यस क्षेत्रमा खोजतलास र उद्धारका लागि रणशेर गणबाट अधिकृतको नेतृत्वमा ३५ जनाको सैनिक टोली खटिएको जानकारी दिइएको छ । बाढीमा परी ६ जना स्थानीय  बेपत्ता भएको सेनाले जनाएको छ । सोही नगरपालिका–४ मा दुईवटा घर र हेवा खोला जलविद्युत् आयोजनाको इन्टेक पूर्ण रुपले क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago