भर्खरै

नवीकरणीय ऊर्जा प्रविधिको मर्मतसम्भारबाट आम्दानी

  • प्रकाशित मिति : मंगल, असार ५, २०८०
  • - विद्युत संसार
title
काठमाडौँ, ५ असार । गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उहाँको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम गर्ने धोको भए पनि उहाँसँग कुनै सीप नहुँदा अनुत्पादक रुपमै समय बितिरहेको थियो ।
 
कहिलेकाहीँ अवसर भाग्य बनेर आउँछ भने झैँ उहाँलाई पनि त्यस्तै भयो । केही महिनाअघि जिआइजेड÷रिप कार्यक्रमले जिल्लाका १० वटै स्थानीय तहलाई समेटेर अछाम जिल्लाको साफेबगर नगरपालिका साफेबगर बजारमा छदिने सौर्य ऊर्जा प्रविधिहरुको मर्मतसम्भार तालिम सञ्चालन गरेको थियो । उहाँले त्यस तालिममा आफूलाई सहभागी मात्र गराउनु भएन, कि त्यसलाई आफ्नो जीविकोपार्जनमो मुख्य आधार नै बनाउने निधो गर्नुभयो । 
 
हालसम्म घरेलु सौर्य प्रणाली ४२, सौर्य सडक बत्ती २० र संस्थागत सौर्य प्रणाली १० वटाको मर्मतसम्भार गरी घरखर्च कटाएर रु ५२ हजारभन्दा बढी आम्दानी गरिसक्नुभएको छ । उहाँ भननुहुन्छ, “गाउँमै बसेर आम्दानी गर्न सकिने भएपछि अब विदेश जाने सपना सकियो । आफूलाई पनि आम्दानी हुने र गाउँलेलाई पनि सेवा पुग्ने ।”
 
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका धेरैजसो स्थानीय तहमा केन्द्रीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच नहँुदा विगतदेखि नै नवीकरणीय ऊर्जाका विभिन्न प्रविधिहरुको प्रयोग हँुदै आएको छ । यी प्रविधिहरुको मर्मतसम्भारका लागि स्थानीय स्तरमा दक्ष जनशक्तिको पनि अभाव हुँदा पनि स्थानीयवासीले त्यसको उपयोग गर्न पाएका छैनन् । ती प्रविधिहरु नियमित रुपमा सञ्चालन नहुँदा स्थानीय जनतामा पनि प्रविधिप्रति नकारात्मक भावनाको विकास तथा प्रविधिप्रतिको आकर्षण घट्दै  गएपछि सौर्य ऊर्जामा आधारित यी प्रविधिहरुको मर्मतसम्भारका लागि स्थानीय सरकारहरुको आग्रहमा सो तालिम सञ्चालन गरिएको थियो ।  
 
तालिममा अछाम जिल्लाको सबै पालिकाबाट महिला तथा पछाडि परेका समुदाय समूहबाट एक महिला र १९ पुरुष गरी जम्मा २० जनाले तालिम लिएका थिए । तालिमपश्चात् धेरैजसो स्थानीय तहले तालिम लिइआएका सौर्य ऊर्जा प्राविधिकहरुलाई दिनगन्ती, छोटो सम्झौता तथा मासिक रुपमा सझौता गरी सौर्य ऊर्जाका विभिन्न प्रविधिहरुको मर्मतसम्भारका लगाउन सुरु गरिसकेका छन् । 
 
मैल्लेख गाउँपालिकाबाट तालिममा सहभागी भएको खेम साउदले पनि विभिन्न किसिमका सौर्य ऊर्जा प्रविधिहरुको मर्मतसम्भार तथा घरको वायरिङ्गबाट हालसम्म करिब रु दुई लाख ५० हजारभन्दा बढी आम्दानी गरिसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “सुरुसुरुमा त त्यति कमाई थिएन, धेरैलाई मैले वायरिङको काम गर्नसक्छु भन्ने पनि थाहा थिएन । बिस्तारै कामले काम तान्दै गयो । अहिले भ्याइनभ्याइ छ ।” 
 
तालिममा सहभागी शिवराम अधिकारीले त सरकारी जागिर नै पाउनु भएको छ । उहाँलाई कमलबजार नगरपालिकाले कर्मचारीको रुपमा नियुक्त गरेको छ । यसैगरी अन्य पालिकाहरुले पनि तालिम लिइसकेका सौर्य ऊर्जा प्राविधिहहरुलाई सौर्य ऊर्जाको विभिन्न प्रविधिहरुको मर्मतसम्भार तथा जडानका लागि काममा लगाएका छन् । 
केन्द्रीय प्रसारण लाइन नपुगेका कारण यहाँका बासिन्दाको ऊर्जाको मुख्य स्रोत नै सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा प्रविधिहरु रहेका छन् । यहाँका अधिकांश बासिन्दाले घरेलु सौर्य प्रणाली, संस्थागत सौर्य प्रणाली, सौर्य पानी तान्ने प्रणाली र सौर्य सडक बत्ती जडान गरेका छन् । स्थानीय तहमा जीविकोपार्जनसहित दैनिक क्रियाकलापहरु सञ्चालनका लागि दिगो रुपमा अन्य विद्युत् स्रोतको उपलब्धता नभएकाले सौर्य ऊर्जा नै एकमात्र विकल्प बनेको छ ।
 
केही स्थानीय तहमा केन्द्रीय विद्युत् लाइनको उपलब्धता भए पनि त्यसको नियमित आपूर्तिको समस्या रहेको छ । दैनिक घरायसी, व्यावसायिक र सामुदायिक कामका लागि नवीकरणीय ऊर्जा प्रविधिहरुको निरन्तर सञ्चालन हुनुपर्ने हुन्छ । जडान गरिएका विभिन्न सौर्य ऊर्जा प्रविधिहरुको जडानकर्ता कम्पनीले समयमा नै मर्मतसम्भार नगरी दिँदा प्रविधिहरु नियमित सञ्चालनमा समस्या देखिएको र केही स्थानमा बन्द अवस्थामा रहेकामा अब बिस्तारै स्थानीय युवाहरुले नै मर्मतसम्भारको काम गर्न थालेपछि जनताले राहतको महसुस गर्न थालेका छन् ।  

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago