भर्खरै

जुम्लामा करेन्ट लागेर एकको मृत्यु, चार घाइते

  • प्रकाशित मिति : मंगल, असार १२, २०८०
  • - विद्युत संसार
title

जुम्ला, १२ असार । जुम्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान गोड्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो ।
 
विद्युत्को तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर मुत्यु भएको उहाँको भनाइ छ । करेन्ट लागेर अन्य चारजना भने सामान्य घाइते भएका छन् ।
 
 प्रहरीका अनुसार घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा सोही गाउँका शान्ति दमाइ, राजु दमाइ, मन दमाइ, र विरु दमाइ हुनुहुन्छ ।

प्रतिक्रिया